१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’

विशेष दर्जा कटौतीपछि भारतीय प्रधानमन्त्रीको पहिलो कश्मीर भ्रमण

विशेष दर्जा कटौतीपछि भारतीय प्रधानमन्त्रीको पहिलो कश्मीर भ्रमण
अ अ+ अ-

श्रीनगर ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा विवादित क्षेत्र कश्मीरको अर्ध स्वायत्तता खारेज गरेपछिको पहिलो भ्रमणका क्रममा बिहीबार भारत प्रशासित कास्मिरको मुख्य सहरमा र्याली गर्नुहुने भएको छ ।

मोदी सरकारले मुस्लिम–बहुल क्षेत्र कश्मीरको विशेष संवैधानिक हैसियत खोस्दै पहिलाको राज्यलाई नयाँदिल्लीबाट प्रत्यक्ष शासित दुई क्षेत्रमा विभाजित गरेको थियो । उक्त कदमलाई सम्पूर्ण भारतमा स्वागत गरियो । यसबाट बाक्लो सैन्यीकृत क्षेत्रमा धेरै मानिसलाई असन्तुष्ट बनायो ।

हिमाली क्षेत्र कश्मीरमा विद्रोहीहरूले सन् १९८९ देखि स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै विद्रोह गरेका छन् । पाकिस्तानले कास्मिर क्षेत्रको एउटा सानो भूभागलाई नियन्त्रण गरेको छ । भारतले भने सम्पूर्ण कास्मिरमाथि दाबी गर्दछ ।

हिन्दू राष्ट्रवादी नेता मोदीले दिउँसोतिर एउटा सार्वजनिक सभालाई सम्बोधन गर्ने कार्यक्रमका लागि हजारौँ सशस्त्र प्रहरी र अर्धसैनिक बललाई परिचालित गरिएको छ भने कास्मिरको मुख्य सहर श्रीनगरमा नयाँ प्रहरी चौकीहरू स्थापना गरिएको छ ।

“विभिन्न विकास कार्य पनि राष्ट्रलाई समर्पित गरिनेछ”, भ्रमणअघि मोदीले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “कृषि अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र पर्यटन कार्यक्रम पनि समावेश छ ।” मोदीले प्रतिष्ठित मुस्लिम तीर्थस्थल हजरतबल वरपरका पूर्वाधारको पनि उद्घाटन गर्नुहुने सरकारी विज्ञप्तिमा जनाइएको छ ।

यो भ्रमण मेमा हुने भारतको राष्ट्रिय निर्वाचनअघि हुँदैछ । यो भ्रमण यस क्षेत्रको स्वायत्तता गुमाएपछिको पहिलोसमेत हो । कास्मिरमा अन्तिमपटक स्थानीय निर्वाचन सन् २०१४ मा भएको थियो ।

नयाँदिल्लीको कश्मीरमा प्रत्यक्ष शासनबाट उक्त क्षेत्रमा ‘शान्ति र विकास’ को नयाँ युग आएको मोदी सरकारले दाबी गरेको छ तर आलोचक तथा धेरै बासिन्दाहरूले यसले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा व्यापक कटौती गरेको बताएका छन् ।

सुरक्षा बलहरूले बिहीबार सडकहरूका साथै श्रीनगर हुँदै बग्ने नदी किनारमा मोटरबोटहरूबाट गस्ती गरेका छन् । सहरका अधिकांश विद्यालय दिनभरका लागि बन्द गरिएको छ र अधिकारीहरूले सरकारी कर्मचारीहरूलाई र्यालीमा उपस्थित हुन आह्वान गरेका छन् ।

जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले सरकामाथि र्यालीमा सहभागी हुनका लागि भीड बनाउन बसहरूको व्यवस्था गरेको आरोप लगाउँदै ‘लगभग कसैले पनि’ स्वेच्छाले उपस्थित नहुने बताउनुभयो ।