२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमान गरेको कांग्रेसको ठहर



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक बेइमानी गरेको ठहर गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिने मुख्य सचेतक रमेश लेखकले बताए ।

मुख्य सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपनि प्रचण्डले विश्वास घात गरेको बताए । उनले भने, ‘प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडे । हामीले यसलाई राजनीतिक बेइमानीका रूपमा लिएका छौँ  । उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो । गठबन्धन भत्काएर मुलुकलाई अनिश्चितता तर्फ लग्नुभयो ।’