५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

फोटोमार्फत विश्वसामु देशलाई चिनाउने लामिछानेको धोको

फोटोमार्फत विश्वसामु देशलाई चिनाउने लामिछानेको धोको
अ+ अ-

गण्डकी । विद्यालय क्षेत्रमा तीव्रगति र हर्न बजाउन निषेध लेखिएको छ, विद्यार्थी र  शिक्षिका अध्ययन अध्यापनमा व्यस्त छन् । सडकमा भने एउटी महिलाले ह्विलचियरको सहायताले बच्चालाई विद्यालय पुर्याउँदै गरेकी छन् ।

तस्बिरले त्यही नै सङ्केत गरेको छ । ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) सजिलै हाड भाँचिने दुर्लभ रोगबाट ग्रसित भएर जीवनयापन गरिरहेका व्यक्तिको दिनचर्या समेटिएको शीर्षकमा आयोजित विश्वव्यापी फोटो प्रतियोगितामा पोखराका फोटोग्राफर खिमकाजी लामिछानेले खिच्नुभएको सो तस्बिर यतिखेर उत्कृष्ट पाँचौँ स्थानमा पर्दै फाइनलमा पुग्न सफल भएको हो ।

अमेरिकाका वरिष्ठ फोटो पत्रकार मार्कस ब्लिज्डेलद्वारा आयोजित प्रतियोगिता युरोडिस फोटो अवार्डमा लामिछानेले दुर्लभ रोगबाट पीडित बच्चालाई विद्यालय जान ह्विलचेयरमा सघाइरहेकी महिलाको तस्बिर सहभागी गराउनुभएको हो । तस्बिरमा ओआई क्याम्पस लेखिएको छ । ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) सजिलै हाड भाँचिने रोग हो । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश तस्बिरले दिन खोजेको फोटोग्राफर लामिछानेले राससलाई बताउनुभयो । उहाँका अनुसार उक्त रोगबाट ग्रसित ११ वर्षीय बालक आफ्नै छोरा अनिमेष लामिछाने र ह्विलचियरमा राखेर विद्यालय पुर्याउँदै गरेकी श्रीमती दुर्गा केसी लामिछानेको फोटो हो ।

सजिलै हाड भाँचिने ओस्टिओजेनेसिस इम्परफक्टा नामको दुर्लभ रोग लागेका उनको अहिलेसम्म शरीरको ४० भन्दा बढी पटक हाड भाँच्चिइसकेको छ । “खुट्टा भाँच्चिए पनि पढ्ने इच्छा र उत्साह भाँचिदैन”, लामिछानेले भन्नुभयो, “मेरो फोटोको यही सन्देश हो ।” रेयर डिजिज डे ९दुर्लभ रोग दिवस० फेब्रुअरी २८ अर्थात फागुन फागुन १६ गते पर्दछ । विश्वव्यापी अवार्डको फाइनलचाहिँ २४ फेब्रुअरी (फागुन १२ गते) हुने बताउँदै उहाँले सामाजिक सञ्जालमा प्राप्त भोटलाई आधार मानेर विजेता चयन गरिने प्रावधान रहेको जानकारी दिनुभयो ।” नेपालबाट प्रतिनिधित्व गरेको भन्दै सम्पूर्णमा भोट गरिदिन लामिछानेले अपिल समेत गर्नुभएको छ ।

प्रतियोगितामा नेपालका लामिछानेको सहित आइसल्याण्ड, स्लोभाकिया, संयुक्तराज्य अमेरिका, अष्ट्रेलियाका फोटोग्राफरहरुले खिचेका तस्बिर अन्तिम पाँचको प्रतिस्पर्धामा रहेका छन् । ‘एउटा फोटोले हजारौं शब्द बोलेको हुन्छ’ भने जस्तै लामिछानेको फोटोले दुर्लभ रोगको ओस्टिओजेनेसिस इम्परफक्टा (ओआइ) बाट ग्रसित बालकको अवस्था, परिवारको जिम्मेवारी तथा शिक्षण संस्थाको वातावरणलाई विशेष सङ्केत गरेको छ । युरोडिसले हरेक वर्ष विविध विधामा फोटो प्रतियोगिता गर्दै आइरहेको छ । युरोडिसब्ल्याकपर्ल अवार्ड २०२१ को यो १० औँ सस्करण हो । यस प्रतियोगितामा ३० देशका फोटोग्राफरले खिचेका कूल दुई हजार ७३ वटा फोटो सहभागी छन् ।

सन् २०२१ जनवरी ३१ बाट शुरु गरिएको प्रतियोगिताअन्तर्गत ११ फेब्रुअरीमा उक्त फोटो उत्कृष्ट पाँचमा घोषणा गरिएको थियो । फेब्रुअरी २४ को साँझ प्रत्यक्ष प्रसारणममार्पmत अवार्ड समारोह गरिने छ जसबाट उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो भोटको आधारमा निर्णायक नतिजा  घोषणा गरिने कार्यक्रम छ । फोटोहरु पब्लिक भोटको आधारमा निर्णय गराउनुको उद्देश्य फोटोग्राफीको माध्यमबाट दुर्लभ रोग (ओआई) बारे विश्वव्यापीरूपमा जनचेतना पैmलाउन सहयोग पुग्ने युरोडिसको वेबसाइटमा उल्लेख गरिएको छ । उक्त फोटोको शीर्षक आइओ क्यान दिइएको छ । सामाजिक सेवामा समर्पित लामिछानेले भन्नुभयो, “यस्ता बिरामी अन्य छ जना पनि सम्पर्कमा रहनुभएको छ ।

स्वयंसेवीका रूपमा थुप्रै सङ्घसंस्थाका कार्यक्रमको फोटो खिच्ने र सङ्कलन गर्दै आएको छु । फोटोग्राफीको लगावका कारण यो सफलता प्राप्त भएको हो । सबैको साथ र सहयोग पाउने विश्वासका साथ नेपाली फोटो प्रथम हुनेमा विश्वास छ ।” एक लाखको सङ्ख्यामा एक जनामा देखिने तथ्याङ्क रहेको ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) सजिलै हाड भाँचिने रोगबाट पर्वत जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीका एकै परिवारका पाँच जना दिदीबहिनी ग्रसित रहेका थिए । विपन्न एवं दलित परिवारका दुईको सोही रोगबाट निधन भएको छ भने अन्य तीनको अहिले पनि स्वास्थ्य उपचारसँगै जीविकोपार्जनमा समेत समस्या भएपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् ।  रासस