१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’

संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा

संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा
अ अ+ अ-

फिक्कल । आधुनिकताले छपक्कै छोपेको नेपाली समाजका पुराना कला, संस्कृति र परम्परा ओझेल पर्दै गएका बेला इलामका लिम्बू समुदायका युवा पुस्ता भने संस्कृति संरक्षणमा जुटेका छन् ।

मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन रहेका पाइन्छ । पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्बू समुदायका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै लिम्बू समुदायका युवा पुस्ता संस्कृति संरक्षणमा जागरुक बन्न थालेका हुन् । उनीहरु लिम्बू समुदायका कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धधन तथा पुस्तान्तरणमा जुटेका हुन् ।

लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको अगुवाइमा कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले यही बिहीबार र शुक्रबार ‘प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव’ नै आयोजना गर्दैछन् ।

आदिवासी याक्थुङ/लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन एवं नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले बताउनुभयो । “वर्तमान युवा पिँढी आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेका छन्”, अध्यक्ष सोङ्मीले भन्नुभयो, “आफ्नै समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि इलाममा पहिलोपटक महोत्सव आयोजना गरिएको छ ।”

दुई दिनसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन बिहीबार सांस्कृतिक झाँकीसहित लिम्बू समुदायको मौलिक च्याब्रुङ नाच (के:लाङ), धाननाच (या:लाङ), पालाम, हाक्पारे, ख्यालीलगायत कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिने अध्यक्ष सोङ्मीले जानकारी दिनुभयो ।

“महोत्सवमा करिब दुई सय बढी च्याब्रुङ नृत्य (के:लाङ)सहित सांस्कृतिक कला प्रस्तुत गरिनेछ”, उहाँले भन्नुभयो, “सहभागीले ताजा (पुरुषले लगाउने संस्कृतिक पोसाक) र मेख्ली (महिलाले लगाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शनी गरिनेछ ।”

दोस्रो दिन विभिन्न विषयमा छलफलका साथै महोत्सवका सहभागीका लागि तरेचा(लिम्बू सांस्कृतिक परिकार) तयार गरी वितरण गरिने अध्यक्ष सोङ्मीले बताउनुभयो । त्यस्तै अन्य सांस्कृतिक परिकार तोङ्बा (एक प्रकारको जाँड), फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाउने आयोजकको तयारी छ ।

नयाँ र पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रचारप्रसार उपसिमित सहसंयोजक अतित योङहाङले बताउनुभयो । “कला, संस्कृति र परम्परा भनेको आदिवासी जनजातिको पहिचान हो, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पहिचान जोगाउन युवा पुस्ताले चासो देखाउनुपर्छ”, उहाँले भन्नुभयो, “पुरानो कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण र सीप हस्तान्तरण आवश्यक छ ।”

इलाम चोक बजारमा हुने महोत्सवमा याक्थुङ/लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन र चितवनसहित १३ जिल्ला तथा चार विदेशस्थित चुम्लुङ शाखाबाट सहभातिा रहने महोत्सव प्रचारप्रसार उपसिमितिका सहसंयोजक अतित योङहाङले जानकारी दिनुभयो ।

छलफलमा करिब दुई सय ५० जना सहभागी हुने आयोजकको अनुमान छ । छलफलमा कोशी प्रदेश नाम खारेज गर्दै लिम्बुवान् किरात नामकरणको अवस्था र भावी रणनीति, ताप्लेजुङको पाथीभरा ९मुक्कुमलुङ० संरक्षण आन्दोलनको अवस्था तथा भावी योजना, लिम्बुवान् आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ/लिम्बू भाषा विकासको योजनालगायत विषयमा छलफल हुने सहसंयोजक योङहाङले जानकारी दिनुभयो ।

त्यस्तै इलाममा विजयबहादुर लिम्बूलगायत सहिदको लिम्बुवानका लागि बालिदानको चर्चा र याक्थुङ/लिम्बू भाषा अभियान्ता आसाहाङ मादेनको योगदानको चर्चासमेत गरिने उहाँले जानकारी दिनुभयो ।

लिम्बू समुदाय आदिवासी जनजाति समुदायका धेरै समुदायमध्ये भाषा, संस्कृति र लिपिमा धनी समुदाय हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार तीन सय ७९ रहेकामा इलाममा मात्र ४५ हजार सात रहेको छ । रासस