१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’

सत्ता गठबन्धन भत्काउने काँग्रेसको अनुचित प्रयास सफल हुँदैन: प्रदीप ज्ञवाली

सत्ता गठबन्धन भत्काउने काँग्रेसको अनुचित प्रयास सफल हुँदैन: प्रदीप ज्ञवाली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गर्नुभएको छ ।

उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने काँग्रेसको प्रयास उचित नभएको पनि जिकिर गर्नुभयो । सरकारबाट हटन नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रश्ताव गर्दै हिँड्ने काम काँग्रेसले गरिरहेको उल्लेख गर्दै त्यो सत्ताबाट अप्रत्याशित रुपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको उहाँले बताउनु भयो ।

बुधवार अपरान्ह पार्टी मुख्यालय च्यासलमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले काँग्रेस जिम्मेवार पार्टीको रुपमा भन्दा पनि प्रतिसोधको भावनाबाट चल्न खोजेको आरोप समेत लगाउनु भयो । काँग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन पनि सुझाव दिनुभयो । उहाँले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पार्नुभयो । अव यो विकल्प पनि कम भएको र प्रणाली समेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरुले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नेपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘हामी राजनीतिलाई सधैंभरी प्रयोगको एउटा मञ्च, देशलाई एउटा एक्सपेरिमेन्टको थलो बनाउन चाहँदैनौं । मुलुकलाई चाहिएको स्थिरता हो । सरकारमा को रहन्छ, सरकारको नेतृत्वमा को रहन्छ, कुन पार्टीले कुन मन्त्रालय सम्हाल्छ ? साह्रै ठूलो कुरा होइन होला । यद्यपि नेतृत्वले कतातिर लैजाने भन्ने कुराले धेरै कुराहरु फरक पार्छ । तर, त्यो उद्देश्यसँग जोडिएन भने सरकारमा को छ, कसले नेतृत्व गरेको छ, कुन पोर्टपोलियो कसले सम्हालेको छ ? भन्ने कुराको खासै अर्थ हुँदो रहेनछ । अव नेपाली काँग्रेसमा एउटा छटपटी देखिन्छ । उहाँहरुमा एकखालको आवेग जस्तो कि सरकारबाट अप्रत्याशित रुपमा हट्नु परेपछि त्यो देखिन्छ । र यतिबेला नेपाली काँग्रेसका कतिपय मुभहरु चाहीँ प्रतिशोधबाट मुलुकको जिम्मेवारी पार्टीको हैसियतले होइन कि प्रतिसोधको भावनाबाट उहाँहरु चलेको हामी देख्छौं । अब संसदको अंक गणित यस्तो छ कि अब जसरी पनि संयुक्त सरकार नै बन्ने हो । एउटा कुनै पार्टी विशेषको स्पष्ट बहुमत छैन । सय सिट पनि छैन सबभन्दा ठूलो पार्टी भन्नेको पनि ।’

‘त्यसले गर्दांखेरी हामी विभिन्न शक्तिहरुसँग मिलेर अगाडि बढ्न बाध्य नै छौं । यो एउटा सिमाना हो । तर अस्ती सरकारबाट हटने र आज चाहीँ जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै जाने काँग्रेसको यो तरिका चाहीँ जिम्मेवार तरिका भएन । उहाँहरुले एक छिन वेट एण्ड वाच गर्नुपर्छ । प्रतिपक्षको हैसियतले नयाँ बन्ने सरकारले राम्रो काम गरेन भनेदेखि खबरदारी गर्ने दायित्व उहाँहरुको हुन्छ । तर सरकार बन्ने आकार लिन नपाउँदै जसरी पनि भत्काउने, जे गरेर भएपनि भत्काउने । यो बाटो चाहीँ किमार्थ पनि उचित हो भन्ने मलाई लाग्दैन । काँग्रेसको त्यो व्यग्रता हो । र, यो स्थिति निम्त्याएको पनि उहाँहरुले नै हो । यहाँलाई मैले अलिकति जानकारी गराउ । हामी २०७९ सालको निर्वाचन भन्दा अगावै काँग्रेससँग लामो सम्वाद गरेको हौं कि निर्वाचनमा हामी एक्लाएक्लै प्रतिस्पर्धा गरौं । निर्वाचन अगाडि एलायन्स नगरौं । त्यसले राजनीतिलाई एकदम विकृत बनाउँदो रहेछ । निर्वाचनमा हरेक पार्टीले आफ्नो एजेण्डा लिएर जाने हो नि । उनीहरुको एजेण्डाको आधारमा जनताले उनीहरुलाई चुन्ने हो नि । त्यसो भएर एक्लाएक्लै प्रतिष्पर्धा गरौं । उहाँहरुले मान्नु भएन । चुनावले छरिएको म्यान्डेट दिएपछि देश अस्थिरतातर्फ गयो भन्ने निष्कर्षमा साथ हाम्रो पहिलो प्रस्ताव नेपाली काँग्रेससँग सहकार्य गरौ भन्ने थियो । त्यो कुरा त शेरबहादुर देउवाले अस्ती भन्नु पनि भयो । मिडियाहरुमा पनि त्यो कुरा आयो कि केपी ओलीले दिनमा दुई चोटी फोन गर्दा पनि मैले भेटिन भनेर । तर प्रचण्डले धोका दिए भनेर । भन्नुको तात्पर्य एमालेले त एउटा जिम्मेवार पार्टीबीच एलाइन्स गरौं भन्ने सोचिराखेको थियो । तर काँग्रेसको यो छटपटाहट चाहीँ राम्रो हो भन्ने मलाई लाग्दैन ।’

‘अहिले तत्काल उहाँहरुले भने अनुसार केही हुने स्थिति पनि छैन । हामी चाहीँ अहिले सम्पूर्ण रुपमा हाम्रो ध्यान चाहीँ अस्तीबाट शुरु भएको कोर्सलाई निष्कर्षमा पुर्‍याउने, यसमा रिजल्ट दिने कुरामा हामी केन्द्रित छौं । अव कस्तो भन्छन भने नेपालीमा एउटा उखान छ–तातो दुधले मुख पोलेपछि मान्छेले मोही देखेपनि फु फु गरेर खान्छे भनेजस्तो धेरै चोटी धेरै खालका प्रयोगहरु असफल भए । हामीले २०७४ सालमा बाम सहकार्य गर्‍यौ । पछि पार्टी एकता गर्‍यौं । झन्डै दुई तिहाई बहमत थियो । टिकाउन सकिएन, टिकेन भनौं । यसमा विभिन्न कारणहरु छन् । पोहोर साल पुसमा एउटा कोर्समा लैजाने प्रयास गर्‍यौ । त्यो पनि टिकेन । यसले गर्दा सत्ता गठबन्धनको आयुबारे सोधिने प्रश्नलाई मैले स्वभाविक रुपमा ठान्छु । अब यो प्रश्नको जवाफ मैले भन्ने भन्दा पनि हाम्रा व्यवहारले देखाउने हो । तर हामीसँग, सबै राजनीतिक दलहरुसँग समय पनि र विकल्पहरु पनि साह्रै कम छन भन्ने मलाई लाग्छ । किनभने भुँईतहमा जनस्तरमा चाहीँ असन्तुष्टि असाध्यै धेरै बढेको छ । निराशा असाध्यै धेरै बढेको छ । पात्रहरुको प्रवृत्तिका कारणले, पात्रहरुको गलत क्रियाकलापका कारणले प्रणाली नै अहिले संकटमा छ । प्रणाली गलत होइन हामीले ल्याएको । हामीले ल्याएको लोकतन्त्र, हामीले ल्याएको गणतन्त्र, हामीले बनाएको संविधान यो गलत होइन आफैंमा । तर, गलत पात्रहरुको हातमा, गलत ड्राईभरको हातमा स्टेरिङ पर्‍यो भने त जतिसुकै आधुनिक गाडी पनि, जतिसुकै सुविधासम्पन्न गाडी पनि, जतिसुकै बलियो गाडी पनि त दुर्घटनाग्रस्त हुन्छ । आज त्यो बिन्दुमा हामी छौं ।’

‘अव पनि राजनीतिक दलहरुले जिम्मेवार भुमिका नखेल्ने हो, अब पनि उनीहरुले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर राजनीति नगर्ने हो । र खाली सत्ताको भागबण्डामा मात्रै गएको छ । उसलाई छिर्के हान्ने, त्यहाँ पुग्ने । आखिर गर्ने पनि केही होइन । जस्तो गएको १४ महिनाकै रिजल्टले के देखियो त ? प्रधानमन्त्री सन्तुष्ट हुुनुहुन्न । काँग्रेस सन्तुष्ट छैन । काँग्रेसका धेरै साथीहरु भनिरहनुभएको छ हलुंगो भयो भनेर । किन बस्नुभएको थियो त ? प्रधानमन्त्री पनि सन्तुष्ट नहुने र उहाँलाई प्रधानमन्त्रीको रुपमा यहाँसम्म लिएर आउने सबै भन्दा ठूलो दल पनि सन्तुष्ट नहुने भनेपछि गएको १४ महिना त देशका लागि खेर गएको नै रहेछ नि त । त्यसो हो भने अब यो विकल्प पनि एकदम कम भएको, प्रणाली समेत एकदम जोखिममा परेको कुरालाई ध्यानमा राखेर दलहरुले काम गर्नुपर्छ । त्यो बोध अहिले यो नयाँ कोर्स शुरु गर्ने ४ वटा दलमा छ भन्ने म ठान्दछु । त्यसो भएको हुनाले यो सहकार्यलाई टिकाउनै पर्छ । टिकाउने हाम्रो हरसम्भव प्रयत्न हुनेछ । यसलाई भत्काउने प्रयास पनि हुनेछ ।’

उपमहासचिव ज्ञवालीले गएको १४ महिना काँग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने पनि बताउनु भयो ।