८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग छलफल गर्न माधव नेपाल बालुवाटारमा



अ+ अ-

काठमाडौँ । सचिवालय बैठक सकिएलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार गएका छन् ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षसहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल प्रधानमन्त्री दाहालसँग वार्ता गर्न बालुवाटार गएका बताए ।

प्रधानमन्त्रीसँग स्पष्ट जिम्मेवारीसहितका विषयमा छलफल गरेपछि मात्र निर्णय गर्ने खतिवडाले बताए ।