१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’

प्रधानमन्त्री लक्षित बाबुरामको टिप्पणी: व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट छ

प्रधानमन्त्री लक्षित बाबुरामको टिप्पणी: व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट छ
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ती गर्नेहरुबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रुपमा चित्रण गर्दै उहाँले प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताउनु भयो । उहाँले काँग्रेस, कम्युनिष्ट, माओवादीहरु सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताउनु भयो ।

उहाँले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गर्नुभयो । उहाँले आफ्नो पार्टी अरु पार्टी भन्दा उन्नत पार्टी भएकाले अरु पार्टीको पुच्छर नबन्ने दाबी गर्नुभयो । उहाँले क्रान्तिको नेतृत्व गरेकाहरु नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरुको निकम्मापन,भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्यमा अहिले जे भइरहेको छ, राज्यमा पनि बिस्तारै के हुन्छ भने क्रान्तिको यो नियमलाई बिर्सनु हुँदैन । यो कसैप्रति आग्रह, पूर्वाग्रह होइन । क्रमश: यो भ्रष्टीकृत हुँदै गयो त । हिजोका क्रान्तीकारी साथीहरुकै नेतृत्व होइन यो । पहिला त राजाको पालासम्म त थियो । तर हिजोकै हाम्रो क्रान्तीकारी साथीको निकम्मापनले गर्दा, भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा जुन वितृष्णा पैदा भएको छ, यो व्यवस्था नै उल्टिने हो की भन्ने आशंका जुन छ, यो दोष यिनीहरुले नै लिनुपर्छ । हाम्रो पार्टी भनेको यिनीहरुको पुच्छर हुन जन्मेको पार्टी होइन । म स्वीकार्दै स्वीकार्दिन । यिनीहरु भन्दा अघि बढेको पार्टी बनाउन खोजेको हो । कतिपय अवस्थामा आफ्नो शक्ति आर्जन गर्न सहकार्य गर्ने काम हुन्छ । हाम्रो अफ्नो छुट्टै पहिचान कायम राखेर सहकार्य गर्ने हो । तर अहिले हाम्रो पार्टी पनि जसरी पनि हुन्छ, दुई चार सिट जित्ने, एक दुई जना मन्त्री बन्ने, अर्को चुनावका लागि पैसा उठाउने भयो भने अरु र हामीमा के फरक भयो ।’

‘हाम्रो पार्टी सबैभन्दा उन्नत चेतना बोकेको पार्टी हो । हुनुपर्छ । राज्यमा अहिले जे भइरहेको छ, त्यो गलत भइरहेको छ । हामीले हेर्दाहेर्दै जुन प्रकारको छ । एउटा संरचनाको समस्या छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता भइरहन्छ । त्यही भइरहेको छ । काँग्रेस, कम्युनिष्ट, माओवादी जे भन्नुस्, हाम्रो साझा गोत्र र धर्म एउटै भ्रष्टाचार नै छ । अहिले देशमा जे भइरहेको छ ठिक भइरहेको छैन । राजनीतिक घटनाक्रम जुन भएको छ, यसलाई हामीले सेतोलाई सेतो र कालोलाई भन्नुपर्छ । आग्रह पूर्वाग्रह कुनै पार्टी र व्यक्तिप्रति छैन । तर जुन ढंगले बच्चाको खेल जस्तो गरेर सरकार बनाउने, गिराउने जुन काम भएको छ, यो एउटा व्यक्तिको लागि जुन काम भएको छ, यसले यो व्यवस्थालाई नै वितृष्ण बढाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने भनेर जुन हामीले जो मान्छेलाई साथ दिएका छौँ, यिनले नै बच्चालाई त काखमा लिएर रेटेको रेट्यै गरेका छन् । भर्खर जन्मिएको संघीय लोकतान्त्रिक गणतन्त्र जसलाई हुर्काउन भनेर जिम्मा दिइएको छ, उसैले काखमा राखेर रेट्न थालेपछि यिनको हातबाट सुरक्षा हुन्छ ? गम्भीर प्रश्न उठेकै छ । अहिलेका घटनाक्रमबारे हामी गम्भीर छौँ ।’

अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाउनु भयो ।