मेलबोर्नः यस वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितातर्फ पुरुष एकलमा विश्व नम्बर १ नोभाक जोकोभिच फाइनलमा प्रवेश गरेका छन् ।
अस्ट्रेलियन ओपनमा यो उनको लगातार तेस्रो प्रवेश हो । उनले सेमिफाइनलमा रुसी खेलाडी अस्लान कारात्सेभलाई लगातार तीन सेटमा पराजित गरेका थिए । उनले कारात्सेभलाई १ घण्टा ५३ मिनेट खेल्दै ६–३, ६–४ र ६–२ ले पराजित गरे ।
अब उनले फाइनलमा चौथो वरियताका रुसी डानिल मेडभेडेभ वा पाँचौं वरियताका ग्रिसेली स्टिफानोस चिचिपासबीचको विजेतासँग हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।
यो प्रतियोगिता जिते जोकोभिचको १७औं ग्रान्डस्लाम उपाधि हुनेछ । समकालीन खेलाडीहरु राफेल नाडाल र रोजर फेडररले समान २०–२० वटा ग्रान्डस्लाम जितिसकेका छन् । (एपी)











