२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् नेपालका प्रशिक्षक ?



अ+ अ-

काठमाडौँ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको टी-२० सिरिजको फाइनल भिडन्तमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

फाइनलमा पराजित भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले योजना मैदानमा लागू गर्न नसकेकोले दबाबमा परेको बताएका छन् ।

मुख्य बलर अभिनास बोहराले राम्रो बलिङ गर्न नसकेको विषयमा देसाइले नामिबियासँग राम्रो खेलेकाले उनलाई टिममा मौका दिईएको बताए । उनले भने, ‘अब हामीलाई आफ्नो योजना मैदानमा लागू गर्न यो अनुभवले सहयोग गर्छ । हामीले नेदरल्यान्ड्ससँग राम्रै प्रतिस्पर्धा गर्‍यौं । नेदरल्यान्ड्स पनि ठूला टिमलाई हराएको टिम हो ।’

अब नेपालले आइसिसी विश्वकप २०२४ को तयारी स्वरूप हङकङमा त्रिकोणात्मक सिरिज खेल्दा आफ्नो ‘बेन्च बलियो’ बनाउन सजिलो हुने उनले बताए । विश्वकपअघि नेपालले भारतका दुई रणजी टिमसँग र ओमानमा एसिसी प्रिमियर कप खेल्ने भएकाले परीक्षण गर्न पर्याप्त समय भएको प्रशिक्षक देसाइ बताउँछन् ।

नेपालका कप्तान रोहित पौडेलले भने नेपालले आजको खेलमा १०-१५ रन कम भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘१०-१५ रन कम भयो । जुन हिसाबले राम्रो सुरू गरेका थियौं, तर हामीले लगातार विकेट गुमाउँदा २ सय रन बनाउन सकेनौं’।

उनले सिरिजमा पावर प्ले र डेथ ओभरमा नेपालले राम्रो बलिङ गर्न नसकेको बताउँदै यसबाट अनुभव मिलेको बताए ।