७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिव सरुवा प्रकरणः सार्वजनिक नहुँदै यसरी सच्याइयो



अ+ अ-

काठमाडौं । सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ । अघिल्लो बिहीबा बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरुको सरुवा निर्णय सच्याएको छ ।

शिक्षा मन्त्रालयबाट सरुवा गरिएका गोपी मैनालीको सरुवा सच्याएको छ । उनलाई उपराष्ट्रपति कार्यालय लगिएको छ । यसैगरी टेकनारायण पाण्डेको पनि सरुवा निर्णय सच्याइएको छ । उनलाई हाल भूमि व्यवस्था मन्त्रालयमा नै यथावत राखिएको छ ।

सरकारले निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईंको पनि सरुवा सच्याएको छ । गुरागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगिएको छ । त्यसैगरी बेगेन्द्र राज शर्मा पौडेलको सरुवा सच्याउँदै वित्त आयोगमा राख्ने निर्णय गरिएको छ । सरकारले प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग मन्त्रालयमा ल्याएको छ भने लोकसेवा आयोगका सचिव अर्जुन पोखरेललाई वाणिज्यमा ल्गाएको छ ।

अघिल्लो सता डेढ दर्जन भन्दा बढी सचिवको सरुवा गर्दा सरकारले गृहमन्त्रालयमा र संघीय मन्त्रालय भने चलाएन । नागरिक दैनिकमा समाचार छ ।