२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिव सरुवा प्रकरणः सार्वजनिक नहुँदै यसरी सच्याइयो



अ+ अ-

काठमाडौं । सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ । अघिल्लो बिहीबा बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरुको सरुवा निर्णय सच्याएको छ ।

शिक्षा मन्त्रालयबाट सरुवा गरिएका गोपी मैनालीको सरुवा सच्याएको छ । उनलाई उपराष्ट्रपति कार्यालय लगिएको छ । यसैगरी टेकनारायण पाण्डेको पनि सरुवा निर्णय सच्याइएको छ । उनलाई हाल भूमि व्यवस्था मन्त्रालयमा नै यथावत राखिएको छ ।

सरकारले निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईंको पनि सरुवा सच्याएको छ । गुरागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगिएको छ । त्यसैगरी बेगेन्द्र राज शर्मा पौडेलको सरुवा सच्याउँदै वित्त आयोगमा राख्ने निर्णय गरिएको छ । सरकारले प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग मन्त्रालयमा ल्याएको छ भने लोकसेवा आयोगका सचिव अर्जुन पोखरेललाई वाणिज्यमा ल्गाएको छ ।

अघिल्लो सता डेढ दर्जन भन्दा बढी सचिवको सरुवा गर्दा सरकारले गृहमन्त्रालयमा र संघीय मन्त्रालय भने चलाएन । नागरिक दैनिकमा समाचार छ ।