७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिजनमै खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात



अ+ अ-

काठमाडौं । सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था आएको हो । सरकारले भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का समयमा तत्काल आपूर्ति गर्न अनिवार्य रूपमा ३३ हजार मेट्रिक टन ९मेटन० खाद्यान्न मौज्दात राख्नुपर्ने हुन्छ ।

तर, खाद्यसँग चामल, गहुँ र अहिले किनिइरहेको धानसमेत गरी करीब ३० हजार मेटन मात्रै खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा आवश्यकताअनुसार खाद्यान्न मौज्दात हुन नसकेको हो । खाद्यले चालू आर्थिक वर्षका लागि कुल ६० हजार मेटन धान खरीदको लक्ष्य राखेर किन्ने कार्य शुरू गरेको भए पनि हालसम्म २४ हजार २ सय ७९ मेटन मात्रै धान किन्न सकेको छ ।

सरकारले न्यूनतम समर्थन मूल्य तोकेको भन्दा फरक जातका जिरा मसिनो, कतर्नी, बास्मती, रञ्जित, मार्सीलगायत धानसमेत खाद्यले किनिरहेको र कम्पनीले तोकेको मूल्यभन्दा स्थानीय व्यापारीहरूले तोकेको बजार मूल्य बढी हुँदा खाद्यले आफ्नो लक्ष्यअनुरूप धान किन्न नसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

खाद्य कम्पनीले देशभरका विभिन्न ११ स्थानबाट न्यूनतम समर्थन मूल्यमा धान किनिरहेको छ । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो । खाद्यले मकवानपुर धान प्रतिक्वीन्टल २८ सय २० रुपैयाँमा किसानहरूसँग किनिरहेको छ । आर्थिक अभियान दैनिकमा   प्रशान्त खड्काले लेखेका छन् ।