७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–नेपाललाई महासचिव छान्न सकस



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो ।

संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने चयन गर्ने सकेको छैन । स्रोतका अनुसार महासचिव हुन तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन, जर्नादन शर्मा, दौडधुपमा छन् । तर, महासचिव तत्कालीन एमाले वा माओवादी केन्द्र कसले लिने ? भन्ने टुंगो लाग्न नसक्दा समस्या भएको छ ।

तत्कालीन एमालेबाट कि माओवादी केन्द्रबाट भन्ने नै टुंगो नलागेको स्रोत बताउँछ । ‘पहिला पुरानो पार्टी कुनबाट हुने टुंगो लागेपछि मात्र को हुने भन्न सकिन्छ । दुवै अध्यक्षबीच कुरा मिलेको छैन,’ स्रोतले भन्यो । स्थायी कमिटी बैठकले महासचिवसहित पार्टी एकताका काम टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएको छ । राजधानी दैनिकमा समाचार छ ।