२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

लोकतन्त्रको विकास र सुदृढीकरण लामो र निरन्तरको प्रक्रिया: सभामुख

लोकतन्त्रको विकास र सुदृढीकरण लामो र निरन्तरको प्रक्रिया: सभामुख
अ अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रक्रिया भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका सङ्घर्ष र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संवद्र्धन गर्ने दायित्व बहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ ।”

सन्देशमा उहाँले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै उहाँले लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको छ । लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको सभामुखले सन्देशमा स्पष्ट गर्नुभएको छ ।  

सभामुखको सन्देशमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान शहीदप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।” उहाँले  लामो र कठिन सङ्घर्षका क्रममा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिएका योद्धाको योगदानकोे स्मरण गर्नुभएको छ । लोकतन्त्र सैद्धान्तिक अवधारणा मात्र होइन यो हाम्रो सोचाइ, पद्धति, जीवन व्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि भएको सभामुखको भनाइ छ । –––