२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त अम्बानीको घडी देखेर दंग परे मार्क जकरवर्ग दम्पती



अ+ अ-

एजेन्सी । भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको बिहेले माहोल तातिएको छ । जामनगरमा अनन्त  र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा भारतीय सञ्चारमाध्यमदेखि बलिउड सेलेब्रेटी, व्यवसायी, नेता, क्रिकेटर रराजनीतिज्ञहरू पनि आमन्त्रित छन् ।

अनन्तको प्रि–वेडिङ समारोहमा चर्चित विदेशीहरू सहभागी हुन आएका छन् । बिल गेट्स, मेलिन्डा गेट्स, मार्क जकरवर्ग, उनकी पत्नी प्रिसिला चान, रिहाना लगायतको उपस्थिति रहेको छ ।

यसैबीच तीन दिने प्रि–वेडिङ सेरोमनीको दोस्रो दिनको एक रोचक भिडिओले अहिले सामाजिक सञ्चालहरूमा चर्चा पाइरहेको छ । प्रि-वेडिङको दोस्रो दिन जंगल थिम मा जंगलको झल्को दिन लुगा लगाएर पाहुनाहरू उपस्थित भएका थिए ।

यसैबीच फेसबुकका संस्थापक मार्क जकरवर्ग र उनकी पत्नी प्रिसिलाको अनन्तसँग कुराकानी अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । भिडिओमा मार्क र प्रिसिला अनन्तको हातको घडी देखेर दंग देखिन्छन् । घडी हेर्दै प्रिसिलाले ‘यो घडी एकदमै राम्रो छ, कूल छ’ भन्छिन् । त्यसमै मार्कले भन्छन्, ‘हो नि, मैले उसलाई यो कुरा अघि भनिसकेँ। मलाई कहिल्यै घडी लाउन त मन लागेन। तर यो देखेपछि घडीहरू कूल हुने रहेनछन् भन्ने मलाई लागेको छ।’ अनन्तले हाँस्दै आफ्नो यो घडी ‘युनिक’ भएको बताउँछन् ।

अनन्तले लगाएका उक्त घडी ‘रिचर्ड मिल’ ब्रान्डको रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यो घडीको दाम १८ करोड भारू भएको अनुमान गरिएको छ।

१ मार्चदेखि ३ मार्चसम्म अनन्त र राधिकाको प्रि-वेडिङ समारोह राखिएको थियो। समारोहमा रिहानासहित शाहरूख खान, सलमान खान र आमिर खानले प्रस्तुति दिएका थिए ।