१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

चलचित्र ‘रङ्गेली’का चौथो काल प्रविण, तडकभडक नियन्त्रण गर्ने प्रहरी अफिसर

चलचित्र ‘रङ्गेली’का चौथो काल प्रविण, तडकभडक नियन्त्रण गर्ने प्रहरी अफिसर
अ अ+ अ-

काठमाडौं। अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’ हुन् । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै गोलाबारी गरिरहेका देखिन्छन् । प्रविणको भनाइमा उनको ‘प्रहरी अफिसर’ चरित्र अनुशासनमा नबस्ने किसिमको छ ।

‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर फिल्मी शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । फिल्मी हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छ’, प्रविण भन्छन् । प्रविणका अनुसार उनलाई ‘रङ्गेली’मा तडकभडक भइरहेको बेलामा त्यो तडकभडकलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा चलचित्रमा देख्न सकिनेछ ।

‘मैले त्यो माहौललाई आफ्नो हातमा लिनलाई अथवा त्यो माहौल सुल्झाउनलाई मैले गर्ने चलखेल पनि चलचित्रमा छ । पात्रलाई घुमाउने, कसलाई ठोक्ने, कसलाई जोगाउने भन्ने निर्णय लिने मेरो चरित्र छ’, प्रविणले बताए । उनलाई प्रहरी अफिसरको चरित्र निभाइरहँदा निकै मज्जा लागेको रहेछ । उनका अनुसार आफ्नो चरित्र निभाउनु अघि त्यसमा देखिएका ‘पोलिटिकल्ली इनकरेक्ट’ कुराहरूलाई कसरी डिल गर्ने भनेर अन्य कलाकार र निर्देशकसँग छलफल गरिएको थियो ।

प्रविणले सञ्चारमाध्यममा आर्थिक क्रियाकलापमा प्रहरीको छविका समाचार नपढेका, नहेरेका र नसुनेका होइनन् । ती समाचारको अनुभवले पनि प्रहरीलाई त्यस्तै चरित्रमा चलचित्रमा देखाइएको रहेछ भन्ने लाग्दो रहेछ । ‘तर त्यस्तो हुनुपर्छ त भन्ने भन्दा पनि हुनुहुँदैन भन्ने पक्षमा वकालत गर्ने मान्छे हो म । कानुनको रक्षा त्यसरी नै गरिनुपर्छ, इमानदार भएरै गरिनुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने उसलाई पनि कानुनी दायराभित्र ल्याउनुपर्छ भन्ने वकालत नै गर्छु’, उनी भन्छन् ।

उनले प्रहरी चरित्र निभाइरहँदा प्रहरीलाई राजनीतिभन्दा अलग राखेर ‘ट्रिट’ गर्ने राम्रो व्यवस्थापन भएमा कानुनको रक्षा हुने बुझेका रहेछन् । ‘यदि राजनीतिक रूपमा प्रहरीलाई चलाउन थाल्ने हो भनेदेखि यस्ता खालका घटनाहरू समाजमा अझ बढ्नेछन् भन्ने अनुभव भयो’, प्रविणले भने ।

प्रविण आफ्नो चरित्रलाई दर्शकले चलचित्रमा हेरिरहँदा एक दुई वटा काम यसले ठिकै गर्‍यो भन्ने अनुभव हुनसक्ने अनुमान लगाउँछन् । ‘एक दुई वटा काम यसले गलत गरेको छ भन्ने पनि लाग्छ होला । प्रशासनसँग शक्ति हुँदो रहेछ । त्यो शक्तिले कहीँ न कहीँ अलिकति दमनको स्थिति ल्याउँदो रहेछ । चाहे त्यो पात्रलाई होस् या आफ्नै समाजमा ज्यूँदा पात्रहरूलाई होस् । शक्तिले अलिकति डोमिनेट गर्दो रहेछ । त्यो खालको प्रवृत्ति चाहिँ हुनुहुँदैन । मलाई प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेमा मात्र समाजमा शान्ति सुरक्षा हुन्छ भन्ने लागेको छ’, प्रविण भन्छन् ।

के उनको चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्न सक्ला त ? प्रविण आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्ने दाबी गर्छन् । ‘किनभने चलचित्र हेरिसकेपछि यस्तै खालको प्रहरी भेटेका थियौँ अथवा ओहो यस्तै खालको आयो भने के हुने हो भन्ने कुरा दर्शकको मनमा उब्जिन सक्छ । त्यो अगाडिको प्रहरी यस्तै थियो भन्ने जस्तो पनि लाग्छ । दर्शकले चलचित्रमा दोहोरो कनेक्सन भेट्नुहुन्छ’, उनी भन्छन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।