७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्बानीको ‘प्रि–वेडिङ’ समारोहमा बलिउडका तीन खानले एकसाथ नाचे



अ+ अ-

एजेन्सी । भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा जारी रहेको छ।

जोडीले जुलाईमा मुम्बईमा विवाह गर्नेछन्, तर हाल जामनगरमा तीन दिनको समारोह चलिरहेको छ । उत्सवमा बलिउड, व्यापारिक नेताहरू, भारतीय क्रिकेटरहरू, राजनीतिज्ञहरू पनि आमन्त्रित थिए ।

तीनदिने सेरोमनिको दोस्रो दिन संगीत समारोहमा बलिउडका खान शाहरुख खान, सलमान खान र आमिर खानले एकसाथ मञ्चमा नाचेका थिए । उनीहरुको उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।

तीनै जनाले ‘नातु नातु’ को तालमा डान्स फ्लोरमा आगो लगाएका थिए। परम्परागत कुर्तामा देखिएका खानहरूले आफ्ना उत्कृष्ट नृत्यद्वारा भीडलाई मंत्रमुग्ध पारे । सलमान खान र शाहरुख खानले कालो कुर्ता र पठानी सलवार लगाएका थिए भने आमिर खानले सेतो प्यान्ट र कालो जुत्तामा हरियो कुर्ता लगाएका थिए । उनीहरुले ‘छैय्या छैय्या’, ‘जीने के हैं चार दिन’, र ‘मस्ती की’ लगायतका आफ्नै हिट गीतहरूमा नाचेका थिए ।

सोहि दिन जान्हवी कपूर, अनन्या पाण्डे, खुशी कपूर, र सारा अली खानका साथै पावर जोडी रणवीर सिंह र दीपिका पादुकोणले पनि मनमोहक प्रदर्शन गरेका थिए ।

पहिलो दिन रिहानाले प्रस्तुति दिएकी थिइन् । रिहानाले आफ्ना चर्चित गीतहरू– वाइल्ड थिंग्स, पोर इट अप, डायमन्ड्सजस्ता गीतहरू प्रस्तुत गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले कार्यक्रममा प्रस्तुति दिनका लागि करिब ५४ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।