९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

विकासका लागि साझा एजेण्डा आवश्यक: चन्द्रप्रसाद ढकाल

विकासका लागि साझा एजेण्डा आवश्यक: चन्द्रप्रसाद ढकाल
अ अ+ अ-

पर्वत । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।

पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उहाँले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योग, कलकारखाना खोल्ने कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै औद्योगिक क्षेत्रको विकाससँगै ऊर्जा, जलस्रोत, पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

वाणिज्य महासङ्घका अध्यक्ष ढकालले कोभिड–१९, रसिया–युक्रेन युद्धका साथै सरकारको आर्थिक नीतिका कारण अर्थतन्त्र धरासायी बनेको भन्दै अब भने सुधार हुँदै जाने बताउनुभयो । “जति बिग्रिने हो त्यति बिग्रिसकेको छ । अब अर्थतन्त्र चलायमान हुँदै गएकाले यो क्षेत्र सुधार हुन्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले उद्योग वाणिज्य महासङ्घको निरन्तरको दबाबपछि राष्ट्र बैंकले ब्याजदर घटाएको स्मरण गराउँदै निजी क्षेत्रको विकास र व्यावसायीको हितका लागि महासङ्घले काम गर्दै आएको बताउनुभयो । पर्वतको विकासको लागि लगानीमैत्री वातावरण बनाउने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले तीन तहका सरकारका बीच समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीले उल्झन व्यहोर्नुपरेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक वर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने विचार व्यक्त गर्नुभयो । पर्यटनको हिसाबले पर्वत उत्कृष्ट जिल्ला बन्दै गएको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले पर्वत पर्यटन, जलविद्युत् र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना हुनुका साथै जिल्लाको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले पर्वतको विकासका लागि गुरुयोजना तयार गर्न आग्रह गर्दै आफूले साझेदारी गर्न तयार रहेको बताउनुभयो ।

सङ्घको १८औँ अधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ । रासस