४ श्रावण २०८३, सोमबार
,
Latest
अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र नयाँ सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते इराकमा इरानी ड्रोनको अवशेष निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ६ वटा संसदीय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुनेछ

। त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको कामकारबाहीको समिक्षा हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महशुल एवं अन्त:शुल्कका सम्बन्धमा समितिको मिति २०७९/३/६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा थप छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ । दिउँसो ४ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ६ वर्ष कार्यकाल पूरा गरी जानुहुने सदस्यहरूको विदाई गर्ने कार्यक्रम रहेको छ ।