७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै



अ+ अ-

काठमाडौं । मेलम्ची  खोलाको  पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्ची   खानेपानी   विकास   समितिका   पदाधिकारी   तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले   आज मेलम्ची   पुगेर पानी पथान्तरणको  निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

 सो  अवसरमा मन्त्री  थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय  गरिएको  छ ।  मेलम्चीमा  सुरुङ  प्रवेशद्वार  ९गेट०को  जडान  र फिनिसिङ  सम्पन्न  भएपछि  पानी  पथान्तरण  गर्नुअघि  प्राविधिक टोलीमार्फत  अनुगमन  गरिएको  थियो ।  

आयोजनाको  प्रमुख  दाता एसियाली विकास बैङ्क ९एडीबी०ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन  गराएर  थप  काम  गर्नुपर्ने  सुझाव  दिएपछि  पथान्तरणका लागि  करिब  दुुई  महिना  ढिला  भएको  थियो । मेलम्चीको  पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो  चरणमा  सुरुङमा  पानी  पठाएर  होल्ड  ९पथान्तरण० गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ । गोरखापत्र दैनिकमा समाचार छ ।