२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सिंहदरबारका चमेना गृहमा अखाद्य वस्तु

सिंहदरबारका चमेना गृहमा अखाद्य वस्तु
अ अ+ अ-

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण भइरहँदासमेत सरकारी निकाय रमिते बनिरहेका छन् । सिंहदरबारका चमेना गृहमा उपभोग्य मिति समाप्त खाद्यवस्तु बिक्री वितरणसँगै उपभोक्ता संरक्षण ऐन २०७५ उल्लंघन भइरहेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा ती क्यान्टिनमा म्याद सकिएका खाद्यवस्तु बिक्री भइरहेको खुलासा भएको हो । सिंहदरबारभित्रका कर्मचारी र सेवाग्रही लक्षित केन्द्रीय क्यान्टिन (कञ्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरस्थित गोसाइँकुण्ड भोजनालय अनुगमन गर्दा मापदण्डविपरित सञ्चालन भइरहेको पाइएको छ ।

यीमध्ये केन्द्रीय क्यानिटनलाई कारवाहीस्वरुप जरिवाना गरिएको छ । कञ्चन चमेनागृहका नाममा सञ्चालित सो क्यान्टिनले कागजात देखाउन नसकेपछि कारवाही स्वरुप १० हजार जरिवाना गरिएको छ । कागजपत्र मात्र होइन, क्यान्टिनको किचनमा फोहोर पाइएपछि सफाइ गर्नसमेत निर्देशन दिइएको छ । यस्ता क्यान्टिन सञ्चालन रद्द गर्नुपर्ने माग कर्मचारीले गरेका छन् । राजधानी दैनिकमा समाचार छ ।