७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारका चमेना गृहमा अखाद्य वस्तु



अ+ अ-

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण भइरहँदासमेत सरकारी निकाय रमिते बनिरहेका छन् । सिंहदरबारका चमेना गृहमा उपभोग्य मिति समाप्त खाद्यवस्तु बिक्री वितरणसँगै उपभोक्ता संरक्षण ऐन २०७५ उल्लंघन भइरहेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा ती क्यान्टिनमा म्याद सकिएका खाद्यवस्तु बिक्री भइरहेको खुलासा भएको हो । सिंहदरबारभित्रका कर्मचारी र सेवाग्रही लक्षित केन्द्रीय क्यान्टिन (कञ्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरस्थित गोसाइँकुण्ड भोजनालय अनुगमन गर्दा मापदण्डविपरित सञ्चालन भइरहेको पाइएको छ ।

यीमध्ये केन्द्रीय क्यानिटनलाई कारवाहीस्वरुप जरिवाना गरिएको छ । कञ्चन चमेनागृहका नाममा सञ्चालित सो क्यान्टिनले कागजात देखाउन नसकेपछि कारवाही स्वरुप १० हजार जरिवाना गरिएको छ । कागजपत्र मात्र होइन, क्यान्टिनको किचनमा फोहोर पाइएपछि सफाइ गर्नसमेत निर्देशन दिइएको छ । यस्ता क्यान्टिन सञ्चालन रद्द गर्नुपर्ने माग कर्मचारीले गरेका छन् । राजधानी दैनिकमा समाचार छ ।