११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मानसिक समस्याको मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै



अ+ अ-

काठमाडौँ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले भगवान् बुद्धको जन्मस्थलबारेको भ्रमलाई चिर्न र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान विश्वभर स्थापित गर्न यस अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सहयोगीसिद्ध हुने विश्वास प्रकट गर्नुभयो ।

बुद्धले आफ्नो जीवनकालमा उपदेश दिनुभएका ८४ हजार धर्मस्कन्धहरु सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक गरी तीन भागमा सङ्गृहीत छन् ।

त्रिपिटकका हरेक धर्मस्कन्धको अध्ययन र अभ्यासले सुख, शान्ति र मानव कल्याणको मार्ग प्रशस्त गर्ने र यसको सश्रद्धा एवं सगौरव गरिने वाचन र श्रवणले असीमित पुण्य सञ्चय हुने विश्वास छ । भारतको बुुद्धगयामा हरेक वर्ष १० दिन त्रिपिटक पाठ गर्ने चलन छ भने अन्य बौद्ध देशहरुमा पनि श्रद्धापूर्वक त्रिपिटक पाठ हुने गर्छ ।

पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले विश्वभर शान्ति र मैत्रीको सन्देश फैलाउने र करुणाभाव जगाउने उद्देश्यले आयोजना गर्न लागिएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन –२०८० लाई भव्य रुपमा सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहभागिता जनाउन सबैमा आह्वान गर्नुभयो ।

कार्यक्रम मुताविक पहिलो दिन फागुन २० गते समुद्घाटन समारोह अघि बिहान ८ बजे त्रिपिटक शोभा यात्रा निकालिने छ भने फागुन २२ गते साँझ दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने छ ।

यस कार्यक्रममा १२ राष्ट्रका बौद्ध धर्मगुरुहरु, भिक्षुहरु तथा प्रतिनिधिहरु सहभागी रहने बताइएको छ ।

भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविरका अनसार यस कार्यक्रम अन्तर्गत १ हजार २५० जनालाई प्रवज्या दिलाई उनीहरुलाई त्रिपिटक वाचन कार्यक्रममा सम्मिलित गराइने छ ।

त्यसैगरी, भिक्षु महासङ्घबाट लुम्बिनीमा दोस्रो चरणको निर्माण सम्पन्न भएको सङ्घावासको पनि उद्घाटन गरिने कार्यक्रम छ ।रासस