२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

अढाई दशकपछि औद्योगिक क्षेत्रको शिलान्यासले जगाएको आशा

अढाई दशकपछि औद्योगिक क्षेत्रको शिलान्यासले जगाएको आशा
अ अ+ अ-

महेन्द्रनगर  । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकामा सुदूरपश्चिम प्रदेशमै पहिलोपटक दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासी उत्साहका साथ कार्यक्रमस्थलमा भरिएका थिए ।

लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको आश्वासन सुन्दै आएका स्थानीयवासीमा स्थानीय सरकार आइसकेपछिको गतिविधिले औद्योगिक क्षेत्र स्थापना हुनेमा आशावादी रहेका बेला सोमबार शिलान्यास नै हुँदा खुशीले गद्गद् भएका छन् । आर्थिकरुपले विपन्न र मुक्त कमैयाको बसोबास रहेको औद्योगिक क्षेत्र विस्तार क्षेत्रमा उद्योगहरु सञ्चालनमा आए स्थानीयस्तरमै रोजगारीदेखि गाउँको मुहार नै फेरिनेमा अब ढुक्क छन् ।  विसं २०५२ मा कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भए पनि निमार्णको चर्चा २०७२ सालदेखि हुन थालेको थियो ।

बेदकोट नगरपालिका–२ का रमेश चौधरीले औद्योगिक क्षेत्रको शिलान्यासले गाउँका युवाहरुमा उत्साह थपिएको बताउनुभयो । “यहाँ उद्योग सञ्चालनमा आएपछि हामीले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य पनि हुनेछ”, चौधरीले भन्नुभयो, “अब निर्माण कार्य तीव्र गतिमा कार्यान्वयन गर्दै लैजानुपर्छ ।”

उहाँले यसअघिका सरकारका मन्त्रीदेखि धेरै उच्च पदस्थ व्यक्ति आएर स्थलगत निरीक्षण गरेर जाने गरेको बताउनुभयो । “यतिका वर्षसम्म आश्वासनमै टारे”, चौधरीले भन्नुभयो, “यसमा स्थानीय जनप्रतिनिधिहरुको पनि सक्रिय भूमिकाले आज शिलान्याससम्म भयो ।”

त्यसैगरी अर्का स्थानीयवासी रेवती चौधरीले अब सन्ततिले मजदूरीका लागि अरूको शरणमा जानुपर्ने दिन गएको बताउनुभयो । “औद्योगिक क्षेत्र सञ्चालनमा आए यहाँको दैनिकीमै ठूलो सफलता मिल्ने दिनहरु आउँछन्”, उहाँले भन्नुभयो, “उद्योग सञ्चालनकर्ताहरुले स्थानीयवासीलाई रोजगारीको पहिलो प्राथमिकतामा राख्नुपर्छ ।” यहाँ औद्योगिक क्षेत्रका लागि ९०० बिघा जग्गा प्रस्तावित गरे पनि ३८८ बिघाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । 

सरकारले घोषणा गरेको १४ वर्षपछि २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपश्चात् यहाँको बेदकोट सामुदायिक र जनचेतना सामुदायिक वनको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि दिने निर्णय भएको थियो । 

औद्योगिक क्षेत्रको डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० को कामसमेत सम्पन्न भइसकेको छ । इआइए पश्चात् फिल्डमा आएर भेरिफाई गरेर मात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भोगाधिकारका लागि जानेछ ।

यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले उक्त जग्गा भोगाधिकारबारे निर्णय आउन बाँकी रहेको बताउनुभयो । “इआइएपश्चात् फिल्डमा आएर भेरिफाई गर्नुपर्छ त्यो काम बाँकी छ, विभागबाट पत्र आएको छ”, नगरप्रमुख चन्दले भन्नुभयो, “बाँकी सरकारबाट भएका निर्णयहरु यहाँ पुगिसकेका छैनन् ।” उद्योग क्षेत्रका लागि हाल ३४९ बिघाको मात्रै डिपिआर तयार भएर काम अघि बढ्नेछ । उहाँले आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण हुने बताउनुभयो ।

त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले छेला औद्योगिक क्षेत्र सञ्चालनले सुदूरपश्चिम प्रदेशकै विकासमा टेवा पुग्ने बताउनुभयो । “निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाहरुले पनि औद्योगिक क्षेत्रको विकासका लागि लामो समयदेखि सरकारलाई गुहार माग्दै आएका थिए”, अध्यक्ष मल्लले भन्नुभयो, “अब यहाँ ठूला उद्योगहरु सञ्चालनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्छ ।” उहाँले लामो समयपछि शिलान्यास भएको औद्योगिक क्षेत्रको विकास अघि बढेकामा खुशी व्यक्त गर्नुभयो । “शिलान्यस गरेर अब काम रोकिनु हुन्न”, उहाँले भन्नुभयो, “बजेट विनियोजनमा पनि सरकारले पहल गर्नुपर्छ ।”

साथै वर्तमान सरकारले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा देखिएको पहलकदमीले यहाँको आर्थिक, पर्यटकीय विकासमा आशाको सञ्चार पलाएको उहाँको भनाइ छ । “भारतसित व्यापारिक नाकाका रुपमा महाकाली पुल महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँ अन्तरदेशीय नाकाका रुपमा विकास गर्ने विषय पनि महत्वमा रहनुपर्छ ।”