२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक आज बस्दै, राजनीतिक दलसम्बन्धी संशोधन विधेयक पेश हुने, एमालेले के गर्ला ?



अ+ अ-

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसबन्धी ९दोस्रो संशोधन० बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा विपक्षी नेकपा एमाले र राप्रपाले संसद अवरोध गरेका थिए । तीन जना मन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले बैठक अबरुद्ध गरेका थिए । तर पछि प्रधानमन्त्रीले संसद्मा उठेका विषयको जवाफ दिने भएपछि बैठक नियमित भएको थियो । आज पनि विपक्षी दलहरुले सरकारको आलोचना गर्ने र तीन जना विवादित मन्त्रीको राजीनामा माग्ने तयारी गरेका छन् ।

बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, टेरामक्स खरिद प्रक्रियामा अनियमितताको आशंकामा अख्तियारको अनुसन्धान दायरामा तानिएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र गौतमबुद्धको अस्थिधातु रहेको स्थान निजी कम्पनीलाई ठेक्का दिएकोसम्बन्धी विवादमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरुको छ ।