२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित, कार्यसमितिमा को–को ?



अ+ अ-

कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढंगाना निर्वाचित भएका छन् । उनले वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएका हुन् ।

अध्यक्षमा निर्वाचित ढुंगानाले २ सय ८७, पाण्डेले २ सय १८ र जोशीले ६३ मत प्राप्त गरे । कार्यसमितिमा भने मिश्रित परिणाम आएको छ ।

उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही १ सय ९३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दलबहादुर बिष्टले पाँत मत कम अर्थात १ सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले १ सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याए ।

यसैगरी सचिवमा पनि पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी २ सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १ सय ६८ मत पाए । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १ सय ४७ मत प्राप्त गरे । विश्वकर्मा दुर्गा प्रसाद जोशी प्यानलबाट चुनाव लडेका थिए ।

यस्तै उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट २ सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १ सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी १ सय ९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए ।