२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले गरे संसद पुनस्थापनाको स्वागत



अ+ अ-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनस्र्थापनाको निर्णयको स्वागत गरेका छन् । उनले आज साँझ एक विज्ञप्ति प्रकाशन गरी संसद पुनस्र्थापनाको सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेका हुन् ।

आज साँझ सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको निणयलाई बदर गरी संसद पुनस्र्थापनाको निर्णय गरेको थियो । 

सो कदमको देउवाले स्वागत गरेका हुन् । यसअघि पनि दाहाल नेपाल संसद पुनस्र्थापनाको पक्षमा आन्दोलन गर्ने र प्रधानमन्त्री ओलीको पार्टीले संसद विघटनको पक्षमा वकालत गरिरहँदा काँग्रेसका सभापति देउवाले भने सर्वाेच्चको फैसला जे आउँछ त्यसको स्वागत गर्ने बताएका थिए । 

कतिपय राजनीतिक विश्लेषकहरुले अबको राजनीतिको निर्णायश शक्ति नेपाली काँग्रेस रहेको भनिरहेका बेला शेरबहादुर देउवाको आगामी कदमको महत्व रहेको बताइएको छ ।