२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहबाट हुन सक्ने प्रदर्शन र दुई समूहका नेता कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडपको आँकलनसहित सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको हो ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी गरिसकेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरिबहादुर पालले सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको जानकारी दिए । ‘सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको छ, प्रदर्शन हुने स्थानमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा रहन निर्देशन दिइसकिएको छ,’ एआइजी पालले राजधानीसँग भने ।

प्रहरीले काठमाडौंको माइतीघर मण्डला, शान्तिवाटिका, नयाँ बानेश्वर, भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन हुनसक्ने र झडपका घटना हुन सक्ने भन्दै उच्च सुरक्षा निगरानीमा राखेको हो । ती स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी राजु अर्यालले सम्भावित सुरक्षा चुनौतीको आँकलन गरी संवेदनशील क्षेत्रको पहिचान पहिले नै गरिएको र त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । ‘हामीले पहिलेदेखि नै आवश्यक तयारी गरिरहेका छौं, निर्णय आएपछिको सम्भावित अवस्थाका विषयमा पनि हामीले सतर्क रहेर आवश्यक व्यवस्था मिलाइसकेका छौं,’ सशस्त्र प्रहरीका प्रवक्त डिआइजी अर्यालले भने ।

ससस्त्र प्रहरीले सर्वोच्च अदालतले बहस नोट दिन दिएको अन्तिम मितिको भोलिपल्ट अर्थात् ११ फागुनदेखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको थियो । नेपाली सेनाले आफ्नो प्रमुख चासो सुरक्षा व्यवस्था नै रहेकाले अवस्थाको मूल्यांकन र विश्लेषण गर्दै आवश्यक तयारी गरिरहेको जनाएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेना आफ्नो संवैधानिक दायित्वमा स्पष्ट र जानकार रहेको भन्दै सेनाको प्रमुख चासो शान्ति सुरक्षा नै रहेको बताए ।

‘सेना आफ्नो संवैधानिक दायित्वमा स्पष्ट र जानकार छ, सेनाको प्रमुख चासो भनेको सुरक्षा नै हो, अवस्थाको आँकलन गर्ने र त्यसको तयारी गर्ने काम सेनाले गर्छ,’ सैनिक प्रवक्ता पौडेलले भने । राजधानी दैनिक