२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलको राजेन्द्रलाई सुझाब: हिन्दुराष्ट्र र राजसंस्थाको स्थापनाहुने माहौल बनेको छ, त्यसलाई तुहाउने काम राप्रपाबाट नहोस्



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको स्थापनाहुने माहौल बन्दै गएकोले त्यसलाई तुहाउने काम राप्रपाबाट नहोस् भन्दै खबरदारी गर्नुभएको छ ।

बुधबार मात्र राप्रपाले बिभिन्न ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको प्रति टिप्पणी गर्दे राप्रपा अध्यक्ष थापाले हिन्दुराष्ट्रको पक्षमा काँग्रेस महासमितिमा आवाज उठनु,राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको स्थापना,संघीयता खारेजीको माग राखेर आन्दोलन गर्ने घोषणागर्नु सकारात्मक छ।

लेख्नु भएको छ -हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा हुने संघर्षमा राप्रपा नेपालको समर्थन छ।तर,यो जनताको आंखामा छारो हाल्ने काम नहोस्।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

हिन्दुराष्ट्रको पक्षमा काँग्रेस महासमितिमा आवाज उठनु,राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको स्थापना,संघीयता खारेजीको माग राखेर आन्दोलन गर्ने घोषणागर्नु सकारात्मक छ।हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा हुने संघर्षमा राप्रपा नेपालको समर्थन छ।तर,यो जनताको आंखामा छारो हाल्ने काम नहोस्।

विगतमा पनि महासमितिको बैठकको बेला हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरियो।त्यसलाई काँग्रेसले रद्दिको टोकरीमा फ्याल्यो।अभियानकर्ता सुते।राप्रपाले २०७९ असार १ मा पनि तत्कालीन प्रमलाई ज्ञापनपत्र बुझाएको थियो।माग पुरा नभए सशक्त जनसंघर्ष गर्ने भनियो।त्यसपछी के भयो सबैलाई थाहा छ।

गणतन्त्रको संवाहक प्रचण्डको सरकारमा गयो।जबकि विगतमा प्रचण्ड सरकारमा जानु गंभीर राजनीतिक भुल हो भन्ने राप्रपा केन्द्रीय समितिको निर्णय छ।प्रदेश सभामुख खायो।
फेरी त्यस्तै नहोस्।अहिले हिन्दुराष्ट्र र राजसंस्था स्थापनाहुने माहौल बनेको बेला त्यसलाई तुहाउने काम कमसे कम राप्रपाबाट नहोस्