१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत, ९ समूहमा छलफल हुँदै



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रश्तुत गर्नुभएको हो । त्यस्तै पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढिकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रश्तुत गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बतउनु भयो ।

उहाँले खाकासम्बन्धी प्रश्तुत गरिएका कार्ययोजना र प्रश्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रिय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताउनु भयो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रिय कमिटीको सातौं पूर्ण बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्यो । पार्टीको बैठकलाई पार्टी केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रश्तुत गर्नुभयो । बैठकमा ४ वटा अवधारणा पत्रहरु कार्ययोजनाहरु प्रश्तुत भए । पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढिकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्तुत गर्नुभयो । पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गर्नुभयो ।

पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिवले आफ्नो विस्तृत कार्ययोजना प्रश्तुत गर्नुभयो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रश्तुत गर्नुभयो । खाकासम्बन्धी प्रश्तुत गरिएका कार्ययोजना र प्रश्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रिय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ । त्यसमा खासगरी पार्टी स्थायी कमिटी नै एउटा समूहमा छ ।

कोही, मधेश हुँदै सात प्रदेशहरुका समूहहरु छन् । एउटा समन्वय कमिटीहरु, उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको अर्को समूह छ । यो समूहमा प्रश्तुत कार्ययोजनामाथि भोलि १० बजेबाट नियमित छलफल हुनेछ । छलफलपछि आएका निस्कर्षलाई केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गरी केन्द्रिय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ र पर्सिको दिन केन्द्रिय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।’

उहाँले छलफलपछि आएका निस्कर्षलाई केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गरी केन्द्रिय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीवार केन्द्रिय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताउनु भयो ।