२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता समिकरणबारे संसदीय प्रक्रियालाई कुर्ने काँग्रेसको निर्णय



अ+ अ-

काठमाडौ। नेपाली कांग्रेसको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु भएपछि मात्रै सत्ता समिकरणको सम्बन्धमा निर्णय लिने निष्कर्ष निकालेको छ ।  बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु हुनु अगाडी नेपाली कांग्रेसको केही भूमिका नहुने भन्दै संसदीय प्रक्रिया आरम्भ भएपछि सत्ता समिकरण लगायतका आफ्नो भूमिकाहरुको बारेमा निर्णय लिने निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया कसरी अगाडी बढ्छ त्यसै अनुसार आफ्नो पार्टीले सल्लाह गरेर काम गर्ने बताउनुभयो । संसदीय प्रक्रिया अगाडी नबढी नेपाली कांग्रेसको भूमिका नहुने पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संसदीय प्रक्रिया केही शुरु भएको छैन । संसदीय प्रक्रिया केही अगाडी नबढिकन नेपाली कांग्रेसले अहिले गर्ने भूमिका खासै केही छैन । पहिले प्रक्रिया अगाडी बढोस् कसरी आउँछ, त्यही अनुसार हामीले हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौ ।’ बरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेर संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा नेपाली कांग्रेसले सन्तोष मानेको पनि बताउनुभयो ।