५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

रविचन्द्रन अश्विन र अक्सर पटेलको बलिङसामु इङ्ल्यान्ड निरिह, भारत १० विकेटले विजयी

रविचन्द्रन अश्विन र अक्सर पटेलको बलिङसामु इङ्ल्यान्ड निरिह, भारत १० विकेटले विजयी
अ+ अ-

अहमदाबादः भारतीय स्पिन बलरद्वय रविचन्द्रन अश्विन र अक्सर पटेलले १८ विकेट लिएपछि इङ्ल्यान्ड विरुद्धको तेस्रो “पिन्क–बल” टेस्ट खेल भारतले दुई दिनभित्रै १० विकेटले जितेको छ ।

पटेलले पहिलो इनिङमा ३८ रन खर्चेर ६ विकेट लिएका थिए भने दोस्रो इनिङमा ३२ रन खर्चेर ५ विकेट लिएका थिए । अश्विनले भने पहिलो र दोस्रो इनिङमा क्रमशः ३ र ४ विकेट लिएका थिए ।

दोस्रो इनिङमा इङ्ल्यान्डको टोली ३०.४ ओभरमा ८१ रनमै अलआउट भएको थियो जसमा पटेल र अश्विनले समान १५–१५ ओभर बलिङ गरेका थिए ।

अहमदाबादको मटेरा रंगशालामा दिवारात्रि खेलिएको यो खेल दुई दिनभित्रै सकिएको थियो । इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले ४८.८ ओभरमा ११२ रन मात्र बनाएको थियो । तर भारतको पनि पहिलो इनिङ राम्रो रहेन ।

भारतले पहिलो इनिङमा १४५ रन बनाएको थियो । तर दोस्रो इनिङमा इङ्ल्यान्ड अझ कमजोर थियो । अश्विन र अक्सरको बलिङसामु निरिह बनेको इङ्ल्यान्डको टोली ८१ रनमै समेटिएको थियो ।

जितका लागि भारतले ४९ रन मात्र बनाउनु पर्ने थियो । भारतले निर्धारित लक्ष ७.४ ओभरमा विनाकुनै क्षति पूरा गरेको थियो । भारतका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले २५ र शुभमन गिलले १५ रन बनाएका थिए ।

अहमदाबादको सुख्खा, धुलोयुक्त पिचमा खेल्न खेलाडीहरुलाई निकै कठिन भएको थियो । कहिले बल टर्न हुने, कहिले माथि उफ्रने गरेकाले पनि भारतीय बलरलाई बढी फाइदा पुगेको थियो ।

खासगरी यस टेस्ट शृंखलामा रविचन्द्रन अश्विनले ४०० विकेट लिएर इतिहास रच्न सफल भएका छन् ।  

जितसँगै भारतले चार टेस्टको वर्तमान शृंखलामा २–१ को अग्रता बनाएको छ ।

यो हारसँगै इङ्ल्यान्डको लर्ड्समा खेलिने विश्व टेस्ट शृंखलाको फाइनल खेल्ने मौका इङ्ल्यान्डले गुमाएको छ । (एपी)