७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल सञ्चालन झनै अनिश्चित



अ+ अ-

काठमाडौं । पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो लगाउन बाँकी छ ।

रेल्वे कम्पनीले अन्तरदेशीय अनुमति लगायतका विषय टुंगो लागिसकेको जनाउँदै चाँडै रेल सञ्चालन हुने दाबी गर्दै आए पनि कानुनी जटिलता, जनशक्ति तथा संरचना टुंगो लाग्न बाँकी नै छ । रेल सञ्चालन गर्ने भनिए पनि ‘कुन कानुनका आधारमा सञ्चालन गर्ने ?’ भन्ने मुख्य समस्या हल हुन सकेको छैन ।

 नेपालमा रेल सञ्चालनका लागि रेल्वे सम्बन्धी ऐन, २०२० रहेको छ । तर, सो कानुन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेको छ । सरकारले नयाँ कानुन निर्माणका लागि विधेयक संसद्मा पेश गरेको थियो । संसद् विघटनसँगै उक्त विधेयक पनि अलपत्र बन्न पुग्यो । त्यसपछि सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको अवस्थामा पुनः संसद् पुनःस्थापना भएको छ । राजधानी दैनिकमा समाचार छ ।