२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावअघि गठबन्धन गर्न नहुने प्रतिवेदन सच्याउन गगनलाई देउवाको दबाब



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा अझै सहमति जुट्न सकेको छैन ।
महामन्त्री थापाले यसअघि केन्द्रीय समिति बैठकमा आगामी चुनावअघि गठबन्धन गर्न नहुने सुझावसहितको प्रतिवेदन पेस गरेका थिए । उक्त सुझावमा सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।

गठबन्धनबारे महामन्त्री थापाको उक्त प्रतिवेदन सच्चाउन देउवाले दबाब दिइरहेका छन् । तर उनी भने उक्त प्रतिवेदन नसच्चाई जस्ताको तस्तै महासमितिमा पेस गर्ने अडानमा छन् ।

सभापति देउवाले असहमति जनाएपछि महामन्त्री थापा र देउवाबिच शनिबार साँझ र आइतबार छलफल गरेका थिए । तर, गगनले आफू प्रतिवेदन सच्चाउन तयार नभएको जवाफ दिएपछि सहमति हुन सकेको थिएन । महामन्त्री थापा सोमबार बिहान फेरि देउवा निवास बूढानीलकण्ठमा छलफलका लागि पुगेका छन् ।

कांग्रेसको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता !स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता । भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ ।