२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्यू गिनीमा हिंसा भड्कियो, ६४ जनाको मृत्यु्



अ+ अ-

काठमाडौं । दक्षिण प्रशान्त द्वीप टापुर न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ६४ जनाको मृत्यु भएको छ ।

सुदूर हाइल्यान्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा भएको यो घटनामा अधिकांशको गोली हानेर हत्या भएको बताइएको छ ।

राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । शहरहरु प्रहरीको ट्रकमा राखेर ओसारिएको फोटो सार्वजनिक भएको छ ।

दक्षिण प्रशान्त द्वीप टापुर न्यू गिनीमा सुरक्षा व्यवस्था चुनौतीको विषय बन्ने गरेको छ । गत जनवरीमा पनि १६ जनाको हत्या भएको थियो ।