२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही हुन्छ, कसैलाइ छोडिनन् : प्रमुख आयुक्त राई

भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही हुन्छ, कसैलाइ छोडिनन् :  प्रमुख आयुक्त राई
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिले सम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताउनुभएको हो । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘नागरिक समाज र जनताले पनि अपेक्षा के गरेका छन भने भ्रष्ट्राचारलाई न्यूनीकरण, नियन्त्रण गर्नुप¥यो । यहाँ धेरै भ्रष्ट्राचार व्याप्त छ भन्ने आवाजहरु उठाइराख्नु भएको छ । त्यो आवाजलाई मेरो कार्यकालमा मेले विगतमा जुन प्रकारको भ्रष्ट्राचार नियन्त्रणमा कामकारबाही भइराखेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यो भन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । नागरिकहरुले जुन अपेक्षा गर्नुभएको छ र मिडियाले जुन विषयवस्तु उठाईराख्नु भएको छ त्यो विषयमा मैले संविधानले दिएको दायराभित्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानून सम्मत तरिकाले भ्रष्ट्राचार नियन्त्रण गर्ने र जनताको अपेक्षा अनुसारको भ्रष्ट्राचार नियन्त्रण गरेर देखाउने मेरो प्रण रहने पनि यहाँ व्यक्त गर्न चाहन्छु ।’

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहटने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । यस्तै निर्दोश व्यक्तिलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउने कुनैपनि व्यक्तिलाई पनि कारबाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो कार्यकालमा भ्रष्ट्राचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हटने छैन तर निर्दोश व्यक्तिलाई यदि कोही निर्दोश छ भने उसलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहने छैन । विनापूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर मैले कुनैपनि भ्रष्ट्राचार नियन्त्रणको काम कारबाहीलाई अगाडि बढाउन प्रतिवद्धता पनि तपाईहरुको सामु व्यक्त गर्दछु । मलाई तपाईहरुले यस्तो सम्मान दिनुभएको छ त्यो सम्मानलाई जोगाएर राख्नेछु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास मेरो रहनेछ ।’

विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्ट्राचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताउनुभयो ।