२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

निगमको साखलाई अझ उँचो बनाउँदै यादव

निगमको साखलाई अझ उँचो बनाउँदै यादव
अ अ+ अ-

काठमाडौं । ‘सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ ।  यस्तो आरोप लगाइन्छ, “संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन् । त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका पक्षमा काम गर्न सक्दैनन् ।  आम नागरिकको दैनिक जनजीवनमा गहिरो प्रभाव पार्न पनि सक्दैनन् ।” 

केही व्यक्तिका बुझाइजस्तो सबै सार्वजनिक संस्था त्यस्ता छैनन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकमलगायत संस्थाले पछिल्लो समय आफूलाई अब्बल  प्रमाणित गरिदिएका छन् । 

तिनै निकायका कर्मचारी जो जिम्मेवारीमा आएसँगै आफूलाई खरो उतार्दै संस्थानको साखलाई तल पर्न दिएका छैनन् ।  जनताको सेवामा तल्लीन र  सुधारमा केन्द्रित छन् । सरकारको पूर्ण स्वामित्वमा रहेको निगमभित्र पनि केही यस्ता व्यक्ति छन्, जसले आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर परिणाम निकाल्न सफल भएका छन् । निगमका तिनै कर्मशील मध्येका एक हुनुहुन्छ – प्रदीपकुमार यादव । उहाँले जहाँ जुन जिम्मेवारी पायो त्यसलाई कर्म सम्झेर इमान्दारिताका साथ फत्ते पार्दै आउनुभएको छ । 

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको नेतृत्व गर्नुभएको उहाँ निगमको वाग्मती प्रादेशिक कार्यालयको प्रमुखको जिम्मेवारीसँगै डिपो व्यवस्थापनका साथै सेवाप्रवाहलाई चुस्त पार्न लागि पर्नुभएको छ । निगमको दूरगामी महत्वका योजनाको सफल कमाण्डरका रुपमा चिनिनुभएका उहाँले अहिले पनि सुधारको पाइला तीव्र गतिमा चलिरहनु भएको छ । 

पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौँसम्म ट्याङ्करबाट तेल ओसारपसार गर्नुपथ्र्यो । नेपाली ढुवानी व्यवसायीले भारतमा निकै समस्या र पीडा झेल्नुपर्यो । चेकजाँच, भन्सार जाँचपासलगायतका समस्याले समय र श्रमको निकै खर्च हुन्थ्यो । यसमाथि नेपाली ट्याङ्कर चालकमाथि भारतीयको व्यवहार पनि त्यति राम्रो हुँदैनथ्यो ।
 
मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजना सम्पन्न भएपछि ढुवानी व्यवासयीका समस्या त समाधान भएका छन् ।  निगमलाई पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै व्यवाधान भएको छैन । नेपालमा माग हुने डिजेलमध्ये अधिकांश पाइपलाइनबाटै आउँछ । भारतीय सीमा नाकाभन्दा ३६ किलोमिटर वर अमलेखन्जबाट मुलुकका अधिकांश स्थानमा डिजेलको आपूर्ति हुने गरेको छ । 

निगमको इतिहासमै महत्वपूर्ण मानिएको यस परियोजनाको नेतृत्व गर्ने व्यक्ति यादव नै हुनुहुन्छ । पाइपलाइनबाट डिजेल आउन थालेको डेढ वर्ष बितिसकेको छ । यसबाट ढुवानीबापतको अर्बौ रकम जोगिएको छ । पाइपलाइन परियोजना सम्झिँदै उहाँ भन्नुहुन्छ, “पाइपलाइनको परियोजना पूरा गर्न निकै चुनौतीपूर्ण थियो । त्यो सफलतापूर्वक सकियो । यस्तो परियोजनामा काम गर्न पाउनु एउटा अवसर र गौरवको कुरा पनि हो, जुन मैले पाएँ ।” देशकै सबैभन्दा ठूलो डिपो अमलेखगञ्जको प्रमुख हुन निकै चुनौतीपूर्ण मानिन्छ ।

भारतबाट हुने आयात व्यवस्थापन मात्रै नभएर आन्तरिक आपूर्ति व्यवस्थापनमा पनि निकै चाप हुने भएकोले यो ठाउँको नेतृत्व गर्नेलाई दिनरात फुर्सद हुँदैन । आपूर्ति व्यवस्थापनमा अलिकति मात्रै समस्या आउँदा पनि देशभर अभावको सिर्जना हुने भएकाले त्यसलाई विशेष ध्यान दिनुपथ्र्यो । त्यसमाथि पाइपलाइन निर्माणमा समय दिनुपर्दा त्यतिबेला कामको निकै नै चाप हुन्थ्यो ।  यसलाई अवसरकै रुपमा लिएर उहाँले दिनरात नभनी आफूलाई त्यसमा केन्द्रित गर्नुभएको थियो । 

तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएसँगै निगम व्यवस्थापनले यादवलाई वाग्मती प्रादेशिक कार्यालयको प्रमुखका रुपमा काठमाडौँको थानकोट डिपोको जिम्मेवारी दियो । आफू जहाँ रहे पनि निगम र जनताको पक्षका काम गर्नुपर्छ भन्ने भावना बोक्नुभएका उहाँले थानकोट डिपोमा पनि सुधारको प्रयत्न थाल्नुभयो, जुन अहिले पनि जारी छ । 

उहाँलाई निगमले गत चैतमा थानकोट डिपोको प्रमुखको जिम्मेवारी दिएको थियो । डिपो प्रमुखका रुपमा थानकोट छिर्दा नियमित कामकारबाही भइरहेकै थियो ।  व्यवस्थापन चित्तबुझ्दो थिएन । पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कको अव्यवस्थित पार्किङ, डिपोसम्म पुग्ने सडक धुलाम्मे, ट्याङ्करको अव्ववस्थित आवागमनले स्थानीयले समेत झर्को मान्ने अवस्था थियो । 

अत्यन्त धेरै इन्धन खपत हुने राजधानीका साथै आसपासका जिल्लामा इन्धन आपूर्ति त्यही डिपोले नै गर्नुपथ्र्यो । उहाँले भन्नुभयो, “अति प्रज्वलनशील पदार्थ भएकाले पेट्रोल डिजेलको ढुवानी दिउँसो मात्रै गर्नुपर्छ भन्ने मान्यता छ । यसैले सकेसम्म ३ बजेभित्रै ट्याङ्कर छुट्यो भने ५ बजेभित्रै पम्पमा तेल पुग्छ । यतिबेला ६ बजेसम्म पनि डिपोबाट ट्याङ्कर छुट्ने नसक्ने अवस्था थियो । त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पथ्र्यो ।”

समस्या तिनैमात्र थिएनन् । डिपोको आन्तरिक सुरक्षाको स्थिति पनि नाजुक थियो । दैनिक करिब ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको वितरण हुने त्यो डिपोलाई सामान्य तारबारले घेरिएको थियो । डिपोमा तेल लिन जानेलाई बैंकमा पैसा तिर्ने, भौचर बुझाउनेलगायत कामका लागि लामो लाइन बस्नुपर्ने अवस्था थियो । भद्रगोलका बीच प्रमुख यादवको सुधारका योजनाको पाइला अगाडि बढ्दै गए । झण्डै एक वर्षको अन्तरालमा धेरै समस्या समाधान भएका छन् । केही योजना प्राथमिकताका साथ अगाडि बढेका छन् । पेट्रोलियम ढुवानीमा संलग्न जो कोहीले पनि डिपोमा गरिएको सुधारको अनुभूतिसमेत गर्न थालिसकेका छन् । 

ट्याङ्करको अत्याधिक चाप हुने उक्त डिपोमा रहेको पार्किङ समस्यालाई व्यवस्थित पारिएको छ । निगमकै स्वामित्वमा रहेको ३९ रोपनी जग्गाको सदुपयोग गरेर झण्डै ३०० टयाङ्कर अट्न सक्ने पार्किङ बनाइएको छ । इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्टको संख्या दोब्बर बनाइएको छ । यसका कारण तेल भर्न टयाङ्करहरु लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ । 

पहिले पेट्रोल भर्ने दुई र डिजेल भर्ने दुई वटा प्वाइन्ट रहेकामा अहिले डिजेल भर्ने प्वाइन्ट छ वटा बनाइएको छ । “अहिले बिहान १० बजेदेखि लोडिङ सुरु हुन्छ । साढे २ देखि ३ बजेसम्म सकिइसक्छ । यसो हुँदा ५ बजेसम्म सम्बन्धित पम्पसम्म पुगेर तेल खन्याइसक्ने अवस्था हुन्छ । राती हुँदैन”, उहाँले भन्नुभयो । 

पेट्रोलियम राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो । तर थानकोट डिपोकै सुरक्षा गतिलो थिएन । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै डिपो घेर्ने पक्की पर्खाल लगाइएको छ । यसअघि सामान्य तारजालीले डिपोलाई घेरिएको थियो । ३७० मिटर लम्बाइ र ११ फिट उचाइको पर्खाल लगाइएको उहाँले बताउनुभयो । पर्खालमाथि सुरक्षाको लागि फलामे काँडेतार लगाइएको छ । उता डिपोको सुरक्षामा खटिने नेपाली सेनाको आवासका लागि पनि निगमले छुट्टै भवनसमेत बनाउँदैछ । 

त्यसो त, गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे गरिदिएको छ । डिपोको गेट नजिक रहेको सार्वजनिक बाटो र निगमको बाटोलाई एउटै बनाएर विस्तार गरिएको छ । डिपोदेखि नवनिर्मित पार्किङसम्म जाने भागलाई समेत आफ्नै खर्चमा व्यवस्थित गरिएको निगमले जनाएको छ । कार्यालयभित्रको आन्तरिक अवस्था सुधारमा पनि यो अवधिमा निकै प्रगति भएको डिपो प्रमुख यादव दाबी गर्नुहुन्छ । सेवाग्राहीले लाइन बस्न नपरोस् भनेर ‘क्यु-मेसिन’ राखिएको छ लाइन बस्न नपरोस् भनेर ‘क्यु—मेसिन’ राखिएको छ । अशोक घिमिरे/रासस