२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

काठमाडौं र बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी बढ्छन् : मन्त्री साह

काठमाडौं र बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी बढ्छन्  : मन्त्री  साह
अ अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी बढाइरहेको बताउनुभएको छ ।
.
सोमबार शहरी विकास मन्त्रालयमा काठमाडौंमा बन्दै गरेका तीन स्मार्ट सिटीको बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटा स्मार्ट सिटीको काम अगाडी बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई पनि सँगै लान खोजिएको बताउनुभएको हो । काठमाडौं भित्र र काठमाडौं बाहिरका स्मार्ट सिटीलाई समानान्तर ढंगले अगाडी बढाइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘काठमाडौंमा ४ वटा स्मार्ट सिटी प्रस्तावित गरेका छौँ । जसमा ३ वटा त अगाडी नै बढीसकेको हामि हेरिरहेका छौँ । काठमाडौं बाहिरका पनि स्मार्ट सिटीहरुलाई हामी सँगै लान खोजिरहेका छौँ । काठमाडौं भित्रका स्मार्ट सिटी र काठमाडौं बाहिरका स्मार्ट सिटी दुईवटैलाई हामि समानान्तर ढंगले नै अगाडी बढाइरहेका छौँ । भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी । भन्नलाई त हामि सबै चुनावको बेला भन्यौ स्थानिय तहदेखी लिएर सबै तहमा हामि स्मार्ट सिटी बनाउँदैछौ भन्ने चर्चा व्यापक भइरहेकै खण्डमा अब यो चर्चाको विषय हुनुहुदैन । हेर्ने विषय र व्यवहारतः हामि लागु गर्ने विषय बनाउनुपर्छ भन्ने दिशामा मन्त्रालय अगाडी बढेको छ । बाहिरको पनि दशवटा स्मार्ट सिटीको काम अगाडी बढाइरहेका छौँ । र काठमाडौंमा व्यहारतः ३ वटा शहरको काम अगाडी बढेको छ ।’

मन्त्री साहले काठमाडौँ उपत्यका देशको मुटु भएकाले यहाँको बसोबास र भौतिक पूर्वाधारको स्तर देशको मान र सम्मानसँग जोडिने भएकाले नेपाललाई विश्वमा प्रतिस्पर्धा गर्न सकिन्छ सकिन्न र हाम्रा सिटीहरु कुन स्थानमा रहन्छन् भन्नेतर्फ मन्त्रालयले सोचेको पनि बताउनुभयो । काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा स्मार्ट सिटी निर्माण कार्य गरिदै गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘काठमाडौं नेपालको मुटु हो र यहाँको बसोबास, यहाँको भौतिक पूर्वाधारको स्तरले हाम्रो देशको सम्मान र मानसँग जोडिएको छ । त्यसैले अब हुने नयाँ प्लानिङहरु त्यो उचाइलाई छुन्छ कि छुदैँन, जुन ढंगले विश्वको कम्पिटिशन छ र हाम्रा नेपालीहरु विकसित देशतिर अग्रसर छ । विकसित देशतिर अग्रसर भइरहेको खण्डमा हामि नेपाललाई त्यो उचाइ दिन प्रेरित गरिरहेका छौँ । त्यो लेभलमा उठाउन अहिले अगाडी सारिएको प्रोजेक्ट त्यो उचाइमा छुन्छ कि छुदैन । विश्वको जो प्रतिस्पर्धा छ त्यसमा हाम्रा सिटीहरुले कुन स्थानमा रहन्छ त हाम्रा सिटीका व्यवस्थापन ? त्यो हाइटबाट सोचिरहेका छौँ । काठमाडौंमा आफ्नै ढंगले शहरीकरण भइरहेको छ । त्यो भद्रगोल शहरीकरणलाई एउटा योजनावद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ ।’

उहाँले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरित गर्नु नहुनेमा जोड दिनुभयो । स्मार्ट सिटी आम देशबासीको सम्मानसँग जोडिएको महत्वांकाक्षी योजना भएको भन्दै यसलाई सबैको सरोकार जोड्ने गरी अगाडी बढाउने पनि मन्त्री साहले बताउनुभयो ।