२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन गर्ने तयारी : वनमन्त्री आले

सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन गर्ने तयारी : वनमन्त्री आले
अ अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन  गर्ने तयारी भै रहेको बताउनु भएको छ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री आलेले  सहकारी व्यवसाय सहज बनाउन बाधक देखिएका ४७ वटा ऐन संशोधन गर्न सरकारले सहजीकरण गर्ने जानकारी दिनुभयो । 

मन्त्री आलेले वन क्षेत्रको सदुपयोग गर्दै सहकारीमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्वि हुने कार्यक्रम ल्याउने तयारी भै रहेको बताउनु भयो । उहाले भन्नुभयो  मन्त्रालयले ३५ जिल्लामा ओपन वाईल्ड  लाइफ कार्यक्रम ल्याउन गृहकार्य गरिरहेको छ ।  कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीले व्यवसायिकतामा जान अठोट गरे गरिबी निवारण हुनुका साथै निर्यात समेत गर्न सकिने दाबी गर्नुभयो।

यसै गरी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमार्फत गरिबी न्यूनिकरण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न संभव रहेको बताउनु भयो  । दुई दिन सम्म सञ्चालन हुने राष्ट्रिय गोष्ठीमामा बोल्दै राष्ट्रिय सहकारी महासंघका युवा समन्वय उपसमितिका संयोजक सागर ढकालले सरकारले तीन खम्बे अर्थनीतिमा सहकारीलाई स्वीकारेपनि सहकारीमार्फत रोजगारी सिर्जना गर्न कठिन रहेको भन्दै त्यसको सहजिकरणका लागि सरकारलाई आग्रह गर्नुभयो ।