११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहले सार्वजनिक गर्यो दुई–सदस्यीय वार्ता टोली



अ+ अ-

काठमाडौं । सरकारसँग वार्ता गर्न नेत्र विक्रम चन्द विप्लव समूहले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को संयोजकत्वमा दुई–सदस्यीय वार्ता टोली गरेको छ। 

सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता 'प्रकाण्ड' र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्ड विप्लव समूहका वरिष्ठ नेता हुन्। चलाउने विप्लवका विश्वासपात्र मानिन्छन् ।  

सरकारले आज मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई–सदस्यीय वार्ता टोली गठन गरेको छ।

‘हामी पनि प्रकाण्डको नेतृत्वमा गठन गरिएको वार्ता टोलीको विवरण केहिबेरमा सार्वजनिक गर्दैैछौं,’ सो समूहका एक नेताले भने। अन्य सदस्यबारे उनले अहिले नै केहि बताउन चाहेनन्।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।