२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीशको मुगु सरुवा



अ+ अ-

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीशको सरुवा भएको छ ।

प्रधानन्यायाधीश विश्वभरसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु्मा पठाएका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले मुलुकका न्यायाधीश रमाकान्त अधिकारीलाई भने सिन्धुली ल्याएका छन् ।

न्यायाधीश आचार्यले गरेको आदेशप्रति प्रधानन्यायाधीश सन्तुष्ट नरहेको बताइएको छ । त्यही कारण उनले न्यायाधीशको सरुवा गरेको स्रोतको दाबी छ ।

त्यसो त न्यायाधीशहरुको सरुवा न्यायपरिषद्को बैठकबाट हुने गर्दछ । तर अहिले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा सुदूरपश्चिमका जिल्लाको भ्रमणमा छन् । त्यहाँबाट फर्किएपछि बैठक बस्न ढिलाइ हुने भएकाले प्रधानन्यायाधीशले अहिले नै न्यायाधीशलाई पठाएका हुन् ।

आचार्य तिनै न्यायाधीश हुन् जो यसअघि उमेर नपुगेकी युवती बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई अर्कै मुद्दाको ब्याख्या गरेर प्रहरी हिरासतबाट रिहा गराउन मार्ग प्रशस्त गरेका थिए ।