२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने

प्रदेश नं १ सरकारका पर्यटक भित्र्याउने योजना

प्रदेश नं १ सरकारका पर्यटक भित्र्याउने योजना
अ अ+ अ-

विराटनगर । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण प्रदेश नं १ का कैयौँ सम्भावना भएका पर्यटकीय एवं धार्मिकस्थल पनि छायाँमा परेकाले अब त्यसो हुन नदिन प्रदेश नं १ सरकारले योजना बनाएको छ । यस प्रदेशका पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण एवं प्रवद्र्धन गर्न सरकारले एव वर्षअघि १०० वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको थियो । यतिखेर देशमा कोरोना महामारीको कहर घटेको देखिएकाले प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएको हो । 

प्रदेश नं १ का केही पर्यटकीयस्थलमा सोलुखुम्बुको गोक्यो ताल, इलामको माईपोखरी र सुनसरीको कोशी टप्पु आरक्षण क्षेत्रसहित १३ वटा स्थान परेका छन् । हुन त यस प्रदेशमा धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका अरू धेरै स्थान छन् तर सरकारले यी स्थानलाई पनि प्राथमिकतामा नै राखेर बिस्तारै अन्य स्थानको खोजी गरी विकास गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट गरिएका सिफारिसका आधारमा यी गन्तव्य स्थानको छनोट गरेको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि छ सयभन्दा बढी स्थान प्रस्तावित भएकामा तीमध्ये कुन गन्तव्यलाई १०० वटाभित्र समेट्ने र तिनलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा विभिन्न आधार तय गरिएको थियो ।

मन्त्रालयका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको पनि सहयोगमा पर्यटनको पूर्वाधार निर्माण गरी घुम्न योग्य बनाइने छ । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तव्यलाई अब विशेषरुपमा विकास गर्ने तथा प्रचार गरेर संरक्षण गरिने सरकारको नीति छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन गर्ने योजना बनाइएको थियो तर कोभिड–१९ का कारण नेपाल भ्रमण वर्ष सफल भएन । तर अब भने यी गन्तव्यहरुको राम्रो नीति तथा योजनाका साथ संरक्षण एवं प्रचारप्रसार गर्ने योजनामा प्रदेश सरकार रहेको देखिन्छ ।

यी पर्यटकीय गन्तव्यको विकासमा प्रदेश नं १ सरकारले निर्णय गरेकै वर्षबाट बजेट पनि निकासा गरिरहेको छ । यसका लागि सरकारले नयाँ गन्तव्य प्रवद्र्धन गर्न रु ५० करोड विनियोजन गरेको थियो । अहिले सरकारले पर्यटन पूर्वाधार तथा पर्यटकीय उपजको उत्पादन र विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० वटा गन्तव्यस्थल छानिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट भएका हुन् ।

मन्त्रालयले गरेको प्रस्ताव आह्वानका आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये २०० गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिकस्थल, मन्दिर, पर्यटकीयस्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् । छानिएका गन्तव्यस्थलमध्ये इलामको देउमाई नगरपालिका पनि परेको छ । देउमाई नगरपालिकाको पानीटार पर्यटन विकास तथा सिद्धिथुम्कामा टावरसहित पार्क निर्माणका लागि बजेट विनियोजन भएको छ । 

सो आयोजनाका लागि रु एक करोड ४४ लाखको लागत अनुमान गरिएको छ । जसका लागि मन्त्रालयको लागत रु ९४ लाख र साझेदार लागत ५० लाख रुपैयाँ रहेको छ । आयोजनाका लागि सरकारले छ अर्ब ८० करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यस योजना अन्तर्गत प्रदेश नं १ का १४ जिल्लामा २८ वटा त्यस्ता स्थानको पहिचान भई काम गर्ने सरकारको योजना छ ।

यसअन्तर्गत पहिलो नं मा मोरङको लेटाङ नगरपालिकाको राजारानी ताल संरक्षण र सौन्दर्यका लागि सरकारले रु चार करोड ४९ लाख र स्थानीय पालिकाले रु दुई करोड ४१ लाख साझेदारीमा खर्च गरी सो स्थानको उचित संरक्षण, सम्बद्र्धन र पर्यटकीयस्थल बनाउने योजना छ । एक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्नेगरी स्थानीय तहले डिपिआर निर्माण गर्ने क्रममा रहेको बताइएको छ ।

दोस्रो सुन्दरहरैचा नगरपालिकाअन्तर्गत हसिना सिमसार संरक्षण तथा पार्क निर्माणमा सरकारले रु चार करोड ४५ लाख र स्थानीय पालिकाले रु दुई करोड ४५ लाख गरी कुल रु सात करोडको लागतमा तीन वर्ष भित्रमा यी स्थानहरुको विकास गर्ने र यसका लागि आवश्यक डिपिआर तयार भइरहेको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिनुभयो ।

तेस्रो नम्बरमा रहेको बेलबारी नगरपालिका अन्तर्गतको धनपालगढी पर्यटकीयस्थल यसका लागि पनि सरकारले रु चार करोड ५२ लाख र स्थानीय सरकारको रु दुई करोड ४२ लाख गरी रु छ करोड ९५ लाखको लागतमा दुई वर्ष भित्रमा धनपालगढीको निर्माण सकिने गरी योजना बनाइएको छ ।

धनपालगढी उचित विकास एवं बजेटको पर्खाइमा रहेको यो धार्मिक, पुरातात्विक दृष्टिले बेग्लै महत्व छ । निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयबासीको सहयोग लिएर घुम्न योग्य बनाउने यो स्थान विगत देखि नै ओझेलमा परेको र हाल सरकारको यो प्रयासले यी ठाउंँमा विकास हुने अनुमान स्थानीयबासीको छ । विराटनगरको उत्तरपूर्वमा पर्ने विगत कसेनी गाविस र हाल बेलबारी नगरपालिकामा पर्ने एउटा भग्नावशेषलाई राजा धर्मपाल गढी भनेर आजसम्म चिनाइदैछ ।

यसलाई सेनवंशी राजाहरुभन्दा पूर्वका बंगालका पालवंशीय राजाकै पालाको गढी भनेर विद्वानहरुले आङ्कलन गरेका साहित्यकार दधिराज सुबेदीले बताउनु हुन्छ । हरेक वर्ष वैशाख १० गते मेला लाग्दै आएको धनपालगढीमा ऐतिहासिक र पुरातात्विक धनपाल राजाको दरवारको प्रचार हुने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मेलाले धेरै हद्सम्म मद्दत गरेको छ ।

चारैतिर मानव बस्तीले घेरिएको ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जङ्गलभित्र धनपाल राजाको ऐतिहासिक दरवारको अवशेष बाँकी रहेको छ । धनपाल राजाले खनेका नौ पोखरीमध्ये तीन पोखरी अझै बाँकी रहेको मानिएको गढीमा रहेको राजा धनपालको मन्दिरलाई विशेषगरी यहा“का थारु समुदायले पुज्ने गरेका छन् । यहा“ भाकल गरेको सबै कुरा पुग्ने जनविश्वास रह“दै आएको छ । 

विराटनगरबाट २१ किलोमिटर उत्तरपूर्वमा महेन्द्र राजमार्गको बेलबारीबाट आठ किलोमिटर दक्षिणमा रहेको धनपालगढीमा रहेको मन्दिरमा हात्तीमा चढेका राजा धनपालको मूर्ती र ठूला नौ वटा घण्टी चोरी भइसकेको छ ।

राजा धनपालको दरवारका केही इ“टा र ताम्रपत्र, देवालको भग्नावशेष, इनारको पाटा मात्रै अवशेषका रुपमा रहेको छ । स्थानीयबासी बुद्धिबिनोद गिरीका अनुसार, राजा धनपालकी छोरी फुलवादेवी असाध्यै राम्री र बलवान पनि रहेकोले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेको किंवदन्ती छ । भारतबाट आएका अल्लाहरुदल नामका राजकुमारले राजकुमारीस“ग कुस्तीमा पराजय भोगेपछि धनपालस“गै युद्ध गरेका थिए ।

धनपालस“ग पनि हारेपछि अल्लाहरुदलले छलकपट गरेर हजाममार्फत् दाह्री काट्ने निहु“ले धनपालको घा“टी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनविश्वास छ । धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फुल पाइन्छ । चराचुरुङ्गी र वनस्पतीले गर्दा यस ठाउ“मा मौसममा दैनिक ५० समूहसम्म वनभोज खान आउने गर्छन् ।

हरेक वर्षको चैत महिनाको शनिबार यहाँको मन्दिरमा आसपासका बासिन्दा आएर साँझ बत्ती बाल्ले र एक शनिबार बोका र पाठी बलि दिएर त्यहीँ बसेर मासुलाई प्रसादका रुपमा ग्रहण गर्ने चलनले निरन्तरता पाइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजनाअनुरुप सरकारले यसअघि सबै गन्तव्यका लागि रु ५० करोड बजेट विनियोजन गरेअनुसार धानपाल गढी निर्माण गर्न सङ्घीय सरकारले रु ५० लाख र प्रदेश नं १ सरकारले रु ५० लाख दिइसकेका छन् भने यस वर्ष प्रदेश सरकारले पुनः रु ४० लाख बजेट विनियोजन गरिसकेको बेलाबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

उहाँले धनपाल गढीमा अहिले रु दुई करोड भन्दाबढीको काम भइसकेको छ र यसलाई मूर्त रुप दिन सङ्घीय सरकारको साझेदारी कार्यक्रम अन्तर्गत रु पाँच करोडको योजना पेश गरेको जानकारी दिनुभयो । रकम प्राप्त हुनासाथ यसको दीर्घकालीन सोचको आधारमा विकास गर्ने, यसको सुन्दरता, संस्कृति, कला, मन्दिर, पुरातात्विक वस्तुहरुलाई सङ्ग्रहालयमा राख्ने पनि बताउनुभयो । अहिले यही गढीका लागि सरकारले रु चार करोड ५२ लाख गरेको बजेट विनियोजनबाट यसको रुप नै फेरिने तथा आन्तरिक र बाह्य पर्यटकका लागि रमाउने स्थान बन्ने विश्वास प्रमुख सुवेदीको छ ।

सुनसरीको इटहरीमा निजी स्तरबाट निर्माण गरिएको वाटर पार्कले यस क्षेत्रका धेरै पर्यटकहरुलाई आकर्षणको केन्द्र बनेको छ । आधुनिकता र विज्ञानसँगै निर्माण गरिएको पूर्व क्षेत्रको केन्द्र मनिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपी ल्यान्ड एन्ड वाटर पार्क’ को निर्माण कार्य सम्पन्न भएपछि आमनागरिकका लागि हिजोबाट सञ्चालनमा आएको छ ।

पूर्वप्रहरी अधिकृतहरु प्रहरी अतिरिक्त महानरिक्षक ९एआइजी० कृष्ण बस्नेत तथा प्रहरी नायब महानिरीक्षक ९डिआइजी० ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौँको ह्विपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क निर्माण गरिएको छ ।

कूल रु ३० करोडको लागतमा छ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो पार्कमा पाँच हजार मानिस अट्ने क्षमता रहेको छ । अघिल्लो चैत महिनामै सञ्चालनमा आउने भनिएको सो पार्क कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो ।

संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । विशेषगरी विदेशका ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । ती पार्क कहीँ सरकारले बनाएको हुन्छ त कहीँ निजी क्षेत्रको लगानीमा । नेपालका मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन् । जसले गर्दा परिवारसँग रमाइलो गर्न, घुम्न उचित ठाउँको अभावलाई यो पार्कले पूरा गर्ने पार्क सञ्चालकले विश्वास लिएका छन् ।

यहाँ विभिन्न मनोरञ्जनात्मक खेलकूद गर्न पाइन्छ र दिनभरिमा पाँच हजार मानिसले यसमा मनोरञ्जन लिन सक्छन् । पार्कमा एकै पटक ६०० मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउने पार्क सञ्चालन समितिका अध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिनुभयो । यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसरलगायत लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिने अध्यक्ष पौडेलले बताउनुभयो ।

पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै वाल क्लाइम्बिङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ । पार्कमा पहिलो स्नोपार्क केही समयपछि सञ्चालनमा आउने जानकारी दिँदै अध्यक्ष पौडेलले भन्नुभयो, “पार्कभित्र रेष्टुरेन्ट पनि रहेको छ ।” 

उहाँले भन्नुभयो, “फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि व्यवस्था भएकाले यसमा आउने आगन्तुकहरुले भरपुर मनोरञ्जन प्राप्त गर्न सक्छन् ।’’ प्रदेश नं १ को गौरव बोक्ने यो पार्कमा पहिलो चरणमा ६० जनाले रोजगार पाएका छन् ।

पार्कका अर्का सञ्चालक सदस्य एवं पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण बस्नेतले निजी स्तरमा निर्मित यस पार्क अन्तर्राष्ट्रियस्तरको रहेको र यसले स्वदेशी मात्र नभएर विदेशी नागरिकलाई पनि मनोरञ्जन दिनसक्ने बताउनुभयो । यो पार्क नेपालको एक उदाहरणीय रहेको पनि दाबी गर्नुभयो । यहाँ विद्यार्थीका लागि रु ६५० र अन्यका लागि रु ७५० प्रवेश शुल्क कायम गरिएको छ । रासस