३ आश्विन २०८१, बिहीबार
,
Latest
संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान दुर्घटना हुँदा दुईजनाको मृत्यु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही थान सिटामोल बाँडेर राज्यलाई गाली नगर्न प्रसाईको डाक्टर केसीलाई चेतावनी



अ+ अ-

झापा । व्यवसायी दुर्गा प्रसाईले केही थान सिटामोल बाँडेर राज्यलाई गाली नगर्न प्राध्यापक डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन्। मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका क्रममा सम्बोधन गर्दै प्रसाले सिटामोल बाँडेर गाली गर्दैमा राज्यप्रति हाम्रो दायित्व पूरा हुने नहुने बताएका हुन् । 

'सरकारी हण्डी खाएर केही झोला औषधि बोकेर सिटामोल बाँड्दैमा राज्यलाई धम्की दिएर हुँदैछ', उनले भने, 'यसरी सिटामोल बाँडेर गाली गर्दैमा मात्रै राज्यप्रति हाम्रो दायित्व पूरा हुने छैन'

नेपालमा गतिलो क्यान्सर अस्पताल नभएकोमा उनले दुस्ख लागेको बताए। 'दुस्ख र पीडाबोध त मलाई तब भयो जब क्यान्सरको गतिलो अस्पताल छैन।'

दिल्लीदेखि सिंगापुरसम्म पुगेर दक्षिण एसियाकै उत्कृष्ट अस्पताल बनाउन सकौँ भनेको थिएँ। त्यही सपना र संकल्पको परिणाम आज यो अस्पताल आएको छु, उनले भने, 'करिब ६ सय करोडको लगानीमा क्यान्सर अस्पताल उद्घाटन हुँदैछ। क्यान्सरको उपचारका लागि कसैले विदेश धाउनुपर्ने छैन। आमजनताको चिन्ता स्वभाविक र गुनासो जायज छ। साधारण रुघाखोकी र ज्वरो आउँदा पनि नेताहरु विदेश धाउने गुनासो अब हुने छैन।'