२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्यदर्शन सहकारीका थप एकजना सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले पोखरास्थित श्री सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिको थप एकजना सदस्यलाई पक्राउ गरेको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सुनसरी इनरुवा नगरपालिका घर भएका सहकारी सञ्चालक समितिको सदस्य ३० बर्षिय प्रमोद भट्टराई पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले भट्टराईलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएकोे छ ।

सुर्यदर्शन सहकारीका सञ्चालकहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा नौँ सय ७१ जना वचतकर्ताहरुले रकम हिनामिना गरेको भन्दै उजुरी दिएका छन् ।