१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को ४० प्रतिशत काम सकियो



फाइल फोटो
अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनाले निर्माणलाई तीव्रता दिएको हो ।

गत वर्षको चैतदेखि पूर्वाधार निर्माण सुरु गरेको यस आयोजनाले पाइपलाइन र बाँधतर्फको कामलाई तीव्रता दिएको आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङरहित यस आयोजनामा कूल दुई हजार आठ सय मिटर पाइपलाइन निर्माण हुनेछन् ।

“हेडरेष्ट, सर्जट्याङ्क र पेनस्टक सबैतर्फ पाइपलाइन जडान गर्छौं । अहिलेसम्म एक हजार दुई सय मिटर पाइपलाइन जडानको काम सकिएको छ”, प्रमुख नायकले भन्नुभयो, “पाइप ढुवानीसँगै जडानको कामले तीव्रता पाएको छ ।” आयोजनाको पूर्वाधारतर्फको ठेक्का देव ऊर्जा कन्ट्रक्सन प्रालिले लिएको छ ।

सुँगुरथलामाथि रघुगङ्गा नदीमा बनाउने बाँधबाट पाइपलाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत्गृहमा खसालेर उत्पादन हुने विद्युत्लाई दानामा निर्माण भएको सवस्टेशनमा जोडेर राष्ट्रिय प्रसारणमा जोडिनेछ । अहिले प्रसारण लाइन निर्माणका लागि टावर बनाउने काम अघि बढेको आयोजनाले जनाएको छ ।

आयोजनाले आगामी २०८२ वैशाखभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । दैनिकरुपमा दुई सय ५० जना मजदुर परिचालन गरेको काम भइरहेको आयोजना प्रमुख नायकले जानकारी दिनुभयो । उहाँका अनुसार बाँधतर्फ ड्याम, अण्डर सुलुस, बालुवा थिग्राउने पोखरीलगायतका पूर्वाधारको काम धमाधम भइरहेको छ ।

विद्युत्गृहको जग्गा व्यवस्थापन गरेर कटिङ र जग्गा संरक्षणको लागि पूर्वाधार निर्माण भइरहेको छ । सेतिनी भ्यालीमा कर्मचारी र मजदुरको लागि आवास गृहलगायतका पूर्वाधार र सडकको पहुँचमार्ग निर्माण गरी आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले दश महिनामै ४० प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाइएको छ ।

कूल रु तीन अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी हुनेछ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ«े बैंक लिमिटेडले लगानी गर्ने वित्तीय सम्झौता भएको छ । आयोजनाको इलेक्टोमेकालिकतर्फको ठेक्का भने भारतीय बिएफएल कम्पनीले लिएको छ ।

हिमाली भूगोलको चिसो मौसम, हिमपात र वर्षा तथा चिमखोलाको मलाङ पहिरोको अवरोधलगायतका समस्याका बीच आयोजनाले निर्माणलाई निर्धारित समयमै सम्पन्न गराउने गरी जनशक्ति, मेसिन, उपकरण परिचालन तथा व्यवस्थापन गरिहेको आयोजना प्रमुख नायकले जानकारी दिनुभयो । रासस