१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

यू–१९ विश्वकप: उपाधिको लागि भारत र अष्ट्रेलियाबिच भिडन्त हुने

यू–१९ विश्वकप: उपाधिको लागि भारत र अष्ट्रेलियाबिच भिडन्त हुने
अ अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच भिडन्त हुने भएको छ । फाइनल खेल ११ फेब्रुअरी आइतबार बेनोनीस्थित विलोमूर पार्कमा हुनेछ ।

भारतीय टोली नवौं पटक यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । भारतले कुल ५ पटक उपाधि जितेको छ । भारतीय टोली प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । यसअघि सन् २०२२ मा भएको यू–१९ विश्वकपमा भारतले इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

एकदिवसीय विश्वकप २०२३ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको भारत अन्डर १९ विश्वकपको फाइनल जितेर बदला लिन चाहन्छ । यता अस्ट्रेलिया पनि फाईनलमा भारतलाई हराउदै विश्वकपमा हाबि राख्न सोचमा हुनेछ ।

सिनियर टोलीको एकदिवसीय विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई घरेलु मैदानमा ६ विकेटले पराजित गरेको थियो । अब फेरी एकपटक विश्वकप फाइनलमा भारत र अष्ट्रेलिया आमने सामने हुनेछन् ।

यू–१९ विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । खेलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

त्यसपछि बिहीबार प्रतियोगिताको दोस्रो फाइनल अस्ट्रेलिया र पाकिस्तानबीच भएको थियो । दोस्रो सेमिफाइनल निकै रोमाञ्चक रह्यो, जसमा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको थियो । यो दुई बीचको कम स्कोरिङ खेल थियो, जसको रोमाञ्च उच्च थियो ।

प्रतियोगितामा नेपालसहित १६ राष्ट्रले सहभागिता जनाएको थियो । नेपाली टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणसम्म पुगेको थियो । समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।

समग्रमा यू–१९ विश्वकपमा नेपाली टोली ११ औँ भएको छ । पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र वेस्ट इन्डिज पाँचौँ भएका छन् । इङ्ल्यान्ड, बंगलादेश, श्रीलंका, आयरल्यान्ड र न्युजिल्यान्ड क्रमश: छैटौँदेखि १० औँ स्थानमा रहे ।

यस्तै, प्रतियोगितामा जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड, नामिबिया र अमेरिका क्रमश: १२औँ देखि १६औँ भए । अब आईतबार हुने फाईनल खेलले विजेता र उपविजेता पाउनेछ ।