४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान



अ+ अ-

काठमाडौं । इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको  छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै यहाँका नागरिकलाई सो सहायता प्रदान गरिएको हो । यहाँका अधिकारीहरुले करिब आठ लाख किलोग्राम जति खाद्यान्नका साथै अरु सामग्रीहरु पनि उपलब्ध गराइएको बताइएको छ । 

इथियोपियाको प्रधानमन्त्री कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो । सो क्षेत्रमा टिगरे पिपुल्स लिबरेसन फन्टको सशस्त्र विद्रोह रहेको थियो । हाल पनि सो क्षेत्रमा उक्त फन्टको विद्रोह जारी रहेको छ । उक्त विद्रोहमा परेर हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने अरु हजारौँ सो क्षेत्रबाट विस्थापित भएर अन्यत्र सरेका छन् । 

त्यसैले सो क्षेत्रमा सरकारी निकायका अधिकारीको उपस्थिति पनि हुन दिइएको छैन । जसका कारण यहाँका स्थानीय नागरिक द्वन्द्वको चपेटामा परेका छन् र खाद्यान्न लगायतका अरु अत्यावश्यकीय साधनको अभावमा परेका छन् । 

यहाँका सरकारी निकायको तथ्यांकअनुसार इथियोपियामा अझै पनि करिब ४५ लाख मानिसलाई तत्कालै खाद्यान्न लगायतका आवश्यकीय सामग्रीको खाँचो छ । तीमध्ये अधिकांश नागरिक हिंसाको चपेटामा परेका नागरिक हुन् । टिगरेको द्वन्द्वका कारण मात्र यहाँका करिब २२ लाख मानिस विस्थापित भएका छन् । उनीहरु कतिपय इथियोयामा नै शरणार्थी भएर रहेका छन् भने अरु कैयौँ नागरिक विस्थापित भएर विदेशिन बाध्य भएका छन् । रासस