९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल तात्तिनुका यस्ता छन् कारणहरु



अ+ अ-

एजेन्सी । यदि ब्याट्री चार्ज गर्दा स्मार्टफोनलाई अलि धेरै बेर चार्जमै छोड्नुभयो भने कहिलेकाहीँ अलिअलि तात्दछ । सामान्यतया स्मार्टफोनहरुमा यस्तो समस्या हुनु हुँदैन । तर पूराना स्मार्टफोनहरुमा यस्तो तात्ने समस्या हुनसक्छ । कहिलेकाहीँ धेरै डेटा प्रोसेसिंगका कारण पनि फोन तात्न सक्दछ ।

स्मार्टफोनको जिपिएस लामो समयसम्म अन गर्नाले वा ब्लुटुथ स्पिकर अन भइरहनाले पनि फोन तात्ने समस्या पैदा हुने गर्दछ । धेरै गेमिंगका साथै हाइ रिजोलुसनवाला फोटो लिँदा पनि स्मार्टफोन तातो हुने समस्या पैदा हुन्छ ।

मालवेयर या भाइरसका कारण स्मार्टफोन तातो हुनु नयाँ कुरा होइन । यस्ता भाइरसले तपाईको डाटा सर्भिस प्रयोग गर्दछन् किनकी यी भाइरसलाई तपाईको फोनका डाटाको बारेमा जानकारी चाहिन्छ ।

त्यसैले फोनमा रहेको इस्टलेसन फ्रम अननउन सोर्सेस भन्ने अप्सनलाई अफ गरिदिनुस् । यदि फोन तातेको छ र त्यो खोलभित्र छ भने त्यसलाई केही बेरका लागि खोलबाट झिक्नुहोस् । स्मार्टफोनको ब्याट्री तथा चार्जिंग केबल समय समयमा जाँच गर्नुपर्दछ । पूरानो स्मार्टफोनको ब्याट्रीमा विशेष ध्यान दिनुपर्दछ र त्यसलाई राम्रोसँग चार्ज गरेर मात्र चलाउनु पर्दछ ।

प्रायः वाइफाइमा भइरहेको डाटाको प्रयोगमा हामीले ध्यान दिएका हुँदैनौँ । कहिलेकाहीँ वाइफाइ लामो समयसम्म चलाउँदा पनि स्मार्टफोन तात्न सक्दछ । ब्याकग्राउण्डमा चलिरहेका एपका कारण फोनको प्रोसेसरले बढि काम गर्नुपर्दा यसको तापक्रम बढ्ने गर्दछ ।

तर तपाईको स्मार्टफोन नयाँ हो र यसमा तात्ने समस्या छ भने सतर्क हुनुहोस् । नयाँ फोनमा यस्तो समस्या हुनु हुँदैन । तर धेरै लामो समयसम्म प्रयोग गर्दा वा लामो समयसम्म चार्ज गर्दा भने फोन तात्नु सामान्य कुरा हो ।