२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल तात्तिनुका यस्ता छन् कारणहरु



अ+ अ-

एजेन्सी । यदि ब्याट्री चार्ज गर्दा स्मार्टफोनलाई अलि धेरै बेर चार्जमै छोड्नुभयो भने कहिलेकाहीँ अलिअलि तात्दछ । सामान्यतया स्मार्टफोनहरुमा यस्तो समस्या हुनु हुँदैन । तर पूराना स्मार्टफोनहरुमा यस्तो तात्ने समस्या हुनसक्छ । कहिलेकाहीँ धेरै डेटा प्रोसेसिंगका कारण पनि फोन तात्न सक्दछ ।

स्मार्टफोनको जिपिएस लामो समयसम्म अन गर्नाले वा ब्लुटुथ स्पिकर अन भइरहनाले पनि फोन तात्ने समस्या पैदा हुने गर्दछ । धेरै गेमिंगका साथै हाइ रिजोलुसनवाला फोटो लिँदा पनि स्मार्टफोन तातो हुने समस्या पैदा हुन्छ ।

मालवेयर या भाइरसका कारण स्मार्टफोन तातो हुनु नयाँ कुरा होइन । यस्ता भाइरसले तपाईको डाटा सर्भिस प्रयोग गर्दछन् किनकी यी भाइरसलाई तपाईको फोनका डाटाको बारेमा जानकारी चाहिन्छ ।

त्यसैले फोनमा रहेको इस्टलेसन फ्रम अननउन सोर्सेस भन्ने अप्सनलाई अफ गरिदिनुस् । यदि फोन तातेको छ र त्यो खोलभित्र छ भने त्यसलाई केही बेरका लागि खोलबाट झिक्नुहोस् । स्मार्टफोनको ब्याट्री तथा चार्जिंग केबल समय समयमा जाँच गर्नुपर्दछ । पूरानो स्मार्टफोनको ब्याट्रीमा विशेष ध्यान दिनुपर्दछ र त्यसलाई राम्रोसँग चार्ज गरेर मात्र चलाउनु पर्दछ ।

प्रायः वाइफाइमा भइरहेको डाटाको प्रयोगमा हामीले ध्यान दिएका हुँदैनौँ । कहिलेकाहीँ वाइफाइ लामो समयसम्म चलाउँदा पनि स्मार्टफोन तात्न सक्दछ । ब्याकग्राउण्डमा चलिरहेका एपका कारण फोनको प्रोसेसरले बढि काम गर्नुपर्दा यसको तापक्रम बढ्ने गर्दछ ।

तर तपाईको स्मार्टफोन नयाँ हो र यसमा तात्ने समस्या छ भने सतर्क हुनुहोस् । नयाँ फोनमा यस्तो समस्या हुनु हुँदैन । तर धेरै लामो समयसम्म प्रयोग गर्दा वा लामो समयसम्म चार्ज गर्दा भने फोन तात्नु सामान्य कुरा हो ।