१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

गगन थापा भन्छन्: प्रधानमन्त्री दाहाल स्वयंले काम गर्ने तरिका बदल्नुपर्छ

गगन थापा भन्छन्: प्रधानमन्त्री दाहाल स्वयंले काम गर्ने तरिका बदल्नुपर्छ
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले काम गर्ने तरिका बदल्नुपर्ने बताउनुभएको छ ।

निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्नेकुरा मुर्खता शिवाय अरु केही नहुने महामन्त्री थापाको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले पछिल्लो समयमा दिँदै आउनुभएको निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने जिकिर गर्नुभयो ।

उहाँले प्रधानमन्त्री दाहालले कार्यालय प्रमुखझैं देशको प्रमुखको रुपमा काम गरेर मात्रै मुलुकको समस्या पहिचान हुने र त्यसले समाधान पनि पाउने दाबी गर्नुभयो । महामन्त्री थापाले तीन वटै तहको सरकारले निर्देशन दिने मात्रै काम गरेकाले जनताको अपेक्षाअनुसार काम हुन नसकेको पनि बताउनु भयो । उहाँले मुलुकको समस्या समाधानका लागि प्रधानमन्त्री दाहालले अतिरिक्त पहलकदमी लिनुपर्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘अहिले लामो समयदेखि रोकिराखेका विषयमा काम गर्नुपर्छ भनेर प्रधानमन्त्रीले भनेको हामीले देख्यौं । तर छलफल गरीसके पछाडी आज छलफल भयो, मैले भनेको १० दिन, १५ दिन भित्र यति काम गर्ने भनेर निर्देशन दिएको पनि हामीले पढ्यौं । यो भन्दा अगाडिको प्रधानमन्त्रीले निर्देशन नदिएकाले अहिले मैले निर्देशन दिएकाले हुन्छ भन्ने सोचबाट बाहिर निस्कौं । निर्देशनले हाम्रो समस्या समाधान गर्दैन । प्रधानमन्त्रीले निर्देशन दिएको देखेपछि मन्त्रीले पनि निर्देशन दिने भए । मन्त्रीले दिएको देखेपछि संसदीय समितिले पनि निर्देशन दिने हो । सबैले सबैलाई निर्देशन दिने मात्रै हो । स्थानीय सरकारहरुको हालत यस्तै छ ।’

‘प्रदेशको सरकारको हालत यस्तै छ । त्यसैले यहाँ भित्र हाम्रो समस्याको समाधान खोज्नका निम्ति अतिरिक्त पहलकदमी चाहिएको छ । त्यसैले म फेरी दोहोर्‍याएर भन्छु–कि प्रधानमन्त्रीले त्यो सिंहदरबार भित्र प्रधानमन्त्रीको कुर्सीमा बसेर दिनको १० देखि ५ बजेको समय जसरी कुनै एउटा संस्थाको प्रमुखले संस्थाको नेतृत्व गरेको हुन्छ । दिनको निश्चित समय आफूले दिएको जिम्मेवारी भन्दा बाहेक अरु कुनै जिम्मेवारीको चिन्तन गर्दैन, सोच्दैन । त्यसैलाई पाथमिकता राख्छ, नेपालको प्रधानमन्त्रीले पनि त्यसरी नै काम गर्नुपर्छ । त्यसपछि मात्रै त्यो उपलब्ध भएको समयको बीचमा गरिने छलफलले समस्या पनि देखाउँछ, समस्याको पहिचान पनि हुन्छ । समाधान कसरी खोज्ने भन्ने कुरा पनि जान्छ । र त्यसैले हामीलाई टुंगोमा पनि पुर्‍याउँछ । काम गर्ने तरिका नबदलिकन फरक परिणाम आउँदैन । उही काम गरेर फरक परिणाम अपेक्षा गर्ने कुरा मुर्खता मात्रै हुन्छ । त्यसको शुरुवात स्वयं प्रधानमन्त्रीबाटै गरिनुपर्छ ।’

महामन्त्री थापाले उही तरिकाले काम गरेर सरकारले फरक किसिमको अपेक्षा गर्न नहुने दोहोर्‍याउनु भयो ।