९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

‘सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने’

‘सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने’
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले सिआइबीले तीन महिना लगाएर पक्राउ गरेको व्यक्तिलाई दुइ दिनभन्दा बढी अनुसन्धान नगर्नु थुनामा नराख्नु भन्ने आदेश भएको भन्दै आपत्ति जनाएका छन् ।

गलत गरेको तथ्य प्रमाणसहित सिआइबीले पक्राउ गरेको व्यक्तिलाई आदेश दिने न्यायाधीशबाट न्याय सम्पादन सहि हुन्छ भनी नागरिकले कसरी विश्वास गर्ने भन्दै सेर्पालीले प्रश्न समेत गरेका छन् ।

यसरी न्याय सम्पादन हुँदै जाने हो भने जनताले सहि र गलतको फैसाला सडकमै गर्ने दिन आउनसक्ने भन्दै सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् – गलत गरेको तथ्य प्रमाण सहित नेपाल प्रहरी सिआइबीले तीन महिना लगाएर पक्राउ गरेको व्यक्तिलाई दुइ दिनभन्दा बढी अनुसन्धान नगर्नु थुनामा नराख्नु भन्ने आदेश दिने मा। न्यायाधीशबारे तपाइको अभिमत के छ ? यस्तो गैरजिम्मेवार किसिमको व्यक्तिबाट न्याय सम्पादन सहि हुन्छ भनी नागरिकले कसरी विश्वास गर्ने ? गरीबका फाइल बर्षौदेखी हेर्न नभ्याउनेमा राख्ने माननीय न्यायाधीशहरूको चाला देखेर मलाई त अचम्मै लाग्यो यस्ता पनि न्यायाधीश रहेछन् देशमा भनेर । यसरी न्याय सम्पादन हुँदै जाने हो भने जनताले सहि र गलतको फैसाला सडकमै गर्ने दिन नआउला श्रीमान ? इतिहासमै सबैभन्दा राम्रो काम गरिरहेको बर्तमान सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने ? फैसला गर्नुअघी आम नागरिकका बारेमा कहिले सोच्ने कहिले फैसला गर्ने ? जनताको आक्रोशको ज्वाला निभाउनेबारे सोच्ने कि अझ दन्किरहेको आगोमा घ्यू थप्ने काम न्यायको तराजुमा बसेका न्यायाधीशहरूले गर्ने ? श्रीमान बेलैमा सोच्नुहोस दिन निर्धारण गरेर अनुसन्धानलाई प्रभावित गर्ने तपाइँहरूको उक्ति पूर्णरूपमा गलत छ ।