९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

यू–१९ विश्वकपको पहिलो सेमिफाइनलमा आज भारत र आयोजक दक्षिण अफ्रिका भिड्दै

यू–१९ विश्वकपको पहिलो सेमिफाइनलमा आज भारत र आयोजक दक्षिण अफ्रिका भिड्दै
अ अ+ अ-

एजेन्सी । यू–१९ पुरुष विश्वकपको पहिलो सेमिफाइनल आज मंगलबार भारत र दक्षिण अफ्रिकाबीच हुँदैछ । खेल बेनोनीस्थित विलोमूर पार्क स्टेडियममा नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

सुपर–६ चरणमा भारत समूह–१ मा शीर्ष स्थानमा रह्यो भने समूह–२ मा आयोजक दक्षिण अफ्रिका दोस्रो स्थानमा थियो ।

दक्षिण अफ्रिकामा खेलाइँदै आएको यू–१९ एकदिवसीय विश्वकपको यो १५औँ संस्करण हो । दोस्रो सेमिफाइनल अष्ट्रेलिया र पाकिस्तानबीच फेब्रुअरी ८ मा हुनेछ । भारत यस वर्ष पनि विश्वकप जित्ने प्रबल दावेदार हो । पाँच पटक उपाधि जितेको टोली भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो ।

भारत र दक्षिण अफ्रिका अन्डर–१९ टोलीबीच हालसम्म कूल २५ ओडिआई खेलिएको छ । भारतले १९ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ६ खेल मात्र जितेको छ । विश्वकपमा दुवै टोली ८ पटक भिडेका छन् । जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले पनि समान चार खेल जितेको छ ।

यी दुई टोली सन् २००८ को विश्वकपको फाइनलमा भिडेका थिए । जसमा विराट कोहलीको कप्तानीमा भारतले वेन पार्नेलको कप्तानीमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो ।