२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरहराको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक – महासचिव पोखरेल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धरहरा परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक रहेको बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टीप्पणी गरेका हुन् ।

धरहरा पुननिर्माणको परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको महासचिवको भनाई छ । उनका अनुसार पुरानो धरहराको बचेको भागलाई परदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने, त्यसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने, भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने, भित्रि सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा बगैँचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने रहेको छ ।

तत्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणकार्य सम्पन्न भइसकेको बेलामा धरहरा उद्घाटन गरेको जिकिर गर्दै अन्य परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्व भएको तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा भइरहेको उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् – धरहरा पुननिर्माणको परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको थियो । पहिलो पुरानो धरहराको वचेको भागलाई परदर्शी शिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने । दोश्रो तेसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने । तेश्रो भूकम्पको वारेमा जानकारी गराउने हिसावले म्युजियमको निर्माण गर्ने । चौथो भित्रि सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा वगैचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाकसमेतको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको छ । तत्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माणकार्य उतिवेलै सम्पन्न भइसकेको छ । अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्व भएको छ । तर निर्माण संझौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नवुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक हो ।

काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित गर्दै महासचिव पोखरेलले यस्तो लेखेका हुन् । मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत टीप्पणी गर्दै दुई वर्ष ९ महिना २० दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको प्रसंग उल्लेख गरेका थिए ।

सहरी विकास मन्त्रालयले धरहरामा पार्किङ नगर्न काठमाडौं महानगरलाई पत्राचार गरेको थियो । त्यसको जवाफमा बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्माले धरहरा उद्धाटन गरेका कारण उनैलाई पत्र लेख्नुपर्ने प्रतिक्रिया दिएका थिए ।