९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

धरहराको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक – महासचिव पोखरेल

धरहराको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक – महासचिव पोखरेल
file
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धरहरा परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक रहेको बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टीप्पणी गरेका हुन् ।

धरहरा पुननिर्माणको परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको महासचिवको भनाई छ । उनका अनुसार पुरानो धरहराको बचेको भागलाई परदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने, त्यसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने, भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने, भित्रि सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा बगैँचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने रहेको छ ।

तत्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणकार्य सम्पन्न भइसकेको बेलामा धरहरा उद्घाटन गरेको जिकिर गर्दै अन्य परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्व भएको तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा भइरहेको उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् – धरहरा पुननिर्माणको परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको थियो । पहिलो पुरानो धरहराको वचेको भागलाई परदर्शी शिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने । दोश्रो तेसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने । तेश्रो भूकम्पको वारेमा जानकारी गराउने हिसावले म्युजियमको निर्माण गर्ने । चौथो भित्रि सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा वगैचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाकसमेतको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको छ । तत्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माणकार्य उतिवेलै सम्पन्न भइसकेको छ । अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्व भएको छ । तर निर्माण संझौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नवुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक हो ।

काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित गर्दै महासचिव पोखरेलले यस्तो लेखेका हुन् । मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत टीप्पणी गर्दै दुई वर्ष ९ महिना २० दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको प्रसंग उल्लेख गरेका थिए ।

सहरी विकास मन्त्रालयले धरहरामा पार्किङ नगर्न काठमाडौं महानगरलाई पत्राचार गरेको थियो । त्यसको जवाफमा बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्माले धरहरा उद्धाटन गरेका कारण उनैलाई पत्र लेख्नुपर्ने प्रतिक्रिया दिएका थिए ।